फेवातालमा ‘लेक वाच एन्ड रेस्क्यु टावर’

पोखरा : फेवातालमा हुने सम्भावित डुंगा दुर्घटनामा परेकाहरूको उद्धार एवं क्षती न्यूनीकरणका लागि ‘लेक वाच एन्ड रेस्क्यु टावर’ निर्माण गरिएको छ ।
विपद् व्यवस्थापन समिति बैदामको सक्रियतामा उक्त टावर निर्माण गर्न समितिको पाँच लाख ४० हजार, सशस्त्र प्रहरी बलको पाँच लाख र बाँकी आमा समूह  एवं सहयोगदाताबाट समेत गरी करिब १४ लाख खर्च गरिएको छ ।
टावरसँगै सशस्त्र प्रहरी बलको  एउटा उद्धार डुंगा र  एउटा मोटरजडित डुंगा तयारी अवस्थामा राखिएको छ । यसबाट फेवातालको जुनसुकै ठाउँमा डुंगा दुर्घटना भए पनि सात मिनेटभित्र उद्धार गर्न सकिने बताइएको छ । (सौस)

प्रतिक्रिया