वार्ताको ढोका बन्द नगर्न आग्रह

इलाम : संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्बाङले सरकार र राजनीतिक दलले वार्ताको ढोका बन्द नगर्न आग्रह गरेका छन् । नेम्बाङले आन्दोलनरत दलले पनि वार्ताको माध्यमबाट समस्या समाधान खोज्दै निर्वाचनमा एकजुट भएर लाग्न सुझाव दिए ।
इलाम पोस्ट दैनिकका नियमित स्तम्भकार योगराज सापकोटाद्वारा लिखित ‘कसिंगर’ नामक पुस्तकको सोमबार बिहान इलाममा भएको विमोचन कार्यक्रममा नेम्वाङले ४ मंसिरमा हुन लागेको निर्वाचनमा सबै मिलेर संविधानसभाबाट मुलुकलाई नयाँ संविधान दिनुपर्ने विचार व्यक्त गरे । अघिल्लो संविधानसभामा पहिचानसहितको संघीयता विषयमा कुरा नमिल्दा मुलुकले नयाँ संविधान पाउन नसकेको बताउँदै उनले अबको संविधानसभाबाट पक्कै पनि नयाँ संविधान बन्ने विश्वास व्यक्त गरे । नेम्बाङले भने, ‘अब झ्गडा गरेर हैन्, सहमति र समझदारीका आधारमा अघि बढ्नुपर्छ ।’ । (सौस)

प्रतिक्रिया