मतदाता शिक्षा घरदैलोमा

भद्रपुर : जिल्ला निर्वाचन कार्यालय झापाले आसन्न संविधानसभा निर्वाचनका मतदातालाई सुसूचित गराउन मतदाता शिक्षा कार्यक्रम सुरु गरिसकेको छ । जिल्लाको तीन नगरपालिका र ४७ गाविसमा सात सय ६७ जनालाई १४ असोजेदेखि कात्तिक मसान्तसम्मका लागि परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । मतदाता शिक्षा स्वयम्सेवक, शिक्षक, मतदान केन्द्र भएका विद्यालयका प्रधानाध्यापक, गाविस सचिव र वडा सचिवलाई आवश्यक तालिम प्रदान गरी परिचालन गरिएको हो । मतदाता शिक्षा स्वयम्सेवकहरूले मतदाताको घरघरमा पुगेर मतदानको महत्वका साथै मतदानको प्रक्रियाबारे जानकारी गराउनेछ भने प्रधानाध्यापक, गाविस सचिव र वडा सचिवले आ–आफ्ना क्षेत्रमा स्थानीयको भेला गराई मतदानको सम्बन्धमा विस्तृतरूपमा जानकारी गराउने कार्यालय प्रमुख गोपाल आचार्यले जानकारी गराए । । (सौस)

प्रतिक्रिया