पाकिस्तानमा छ जनाको मृत्यू

Pak Bisfotइस्लामावाद । पाकिस्तानको पेशावर शहरस्थित बुधभेर क्षेत्रमा भएको बम विष्फोटमा छ जनाको मृत्यू भएको छ । पोलियो विरुद्धको खोप अभियानकर्ताहरु माझ गराइएको बम विष्फोटमा कम्तिमा ६ जना मारिएको बीबीसीले जनाएको छ ।
अस्पताल नजिकै भएको विष्फोटमा परी मारिनेमा एकजना प्रहरी अधिकृत पनि रहेका छन् ।

खोप अभियानकर्ताहरुको सवारी साधनलाई लक्षित गरी विष्फोट गराईएको सुरक्षाकर्मीहरुले जनाएका छन् ।

यस अघि पनि पोलियो विरुद्धको खोप अभियानकर्ताहरुमाथि विद्रोहीले आक्रमण गरेका थिए ।

पाकिस्तानसहित विश्वका तीन मुलुकका बालबालिकामा पोलियो रोग निर्मूल हुन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया