मुटु स्वस्थ राख्न शुभकामना

काठमाडौं : नेपाल हृदयरोग निवारण प्रतिष्ठान, ललितपुर तथा हार्ट क्लब नेपालद्वारा बडादसैँ, तिहार, नेपाल संवत् ११३४ तथा छठपर्वका अवसरमा प्रतिष्ठान तथा क्लबका सदस्यबीच शुभकामना आदानप्रदान गरियो । सो अवसरमा पूर्वमुख्य सचिव दामोदर गौतम तथा समाजसेवी लोकबहादुर शाक्यले दैवीशक्तिबाट दर्शन, त्याग तथा सत्यको पाठ सिक्नुपर्ने बताए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यले आफूलाई खानयोग्य खाना आवश्यक मात्रामा खाऔँ, स्वस्थ सुखी भई बाँचौँ भनी शुभकामना व्यक्त गरे । प्रतिष्ठानका सभापति बालगोविन्द विष्ट तथा हार्ट क्लबका अध्यक्ष डा. महेश्वर भारतीले योग, ध्यान तथा प्राकृतिक चिकित्सातर्फ विश्वासका साथ अघि बढ्न सुझाव दिए । (सौस)

 

प्रतिक्रिया