मन्दिरमा महिलालाई रोक

जनकपुरधाम, २१ असोज । राजदेवी मन्दिरमा घटस्थापनादेखि नवमीको दिनसम्म महिलालाई प्रवेश र दर्शन गर्न निषेध गरिएको छ ।

राजा जनकको कुल देवताका रूपमा पुजिँदै आएको राजदेवी मन्दिरमा घटस्थापनादेखि विशेष पूजाअर्चना र हजारौँको संख्यामा पशुबलि चढाउने परम्परा हुनाले महिलालाई प्रवेश निषेध गरिएको हो । तान्त्रिक विधिमा पूजाअर्चना हुने गरेकाले महिलालाई मन्दिरभित्र प्रवेशमा रोक लगाइएको हो ।
कुनै समयमा मन्दिरभित्र एक कन्या पूजा गर्न गएपछि त्यहाँबाट बेपत्ता भएको किंवदन्ती रहेकाले घटस्थापनादेखि नवमीसम्म महिलालाई मन्दिरमा प्रवेश गरी पूजाअर्चना गर्न रोक लगाइएको राममन्दिरका महन्थ राम गिरीले बताए ।

प्रतिक्रिया