सहोदर दाजुभाइ एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवार

Daju-Bhai-Kailaliधनगढी, २१ असोज । संविधानसभा सदस्य निर्वाचनमा धनगढी नगरपालिका–५, मा सहोदर दाजुभाइ एकअर्काको प्रतिस्पर्धी भएका छन् ।

दाजु धनबहादुर चौधरीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तथा भाइ खड्कबहादुर चौधरीले थरूहट तराई पार्टी नेपालबाट उम्मेदवारी दिएका छन । संविधानसभा सदस्य निर्वाचनका लागि पहिलो हुने प्रणालीमा दुबै दाजुभाइले कैलाली क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका हुन् । धनबहादुर राप्रपा क्षेत्र नम्बर ६ का क्षेत्रीय अध्यक्ष हुन,भने खडक थरूहट तराईपार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष हुन ।
ती दुवै दाजुभाइले हालसम्म एउटै भान्साको भात खाँदै आएका छन् तर फरक–फरक पार्टीबाट एकअकार्काविरुद्ध उठेपछि उनीहरूका छिमेकी आश्चर्य चकित भएका छन् । धनबहादुर र खडक एकै आमाबुवाका सन्तान हुन् । २७ सदस्यीय उनीहरुको सयुक्त परिवारको भान्सा, बस्ने घर एउटै हुनुका साथै सम्पूर्ण आर्थिक, पारिवारिक र सामाजिक क्रियाकलाप पनि संयुक्त छ । खडक जनआन्दोलनताका थरूहट राजनीतिमा सक्रिय छन् । ०४७ मा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेको खडक यसअघि संघीय लोकतान्त्रिक मञ्चमा केन्द्रीय सदस्य भएका थिए । काका थरूहट आन्दोलनको सक्रिय नेता भएपछि धनबहादुरका छोराहरू पनि थरुहट आन्दोलनमा देखिएका थिए ।
०४७ सालबाट राप्रपाबाट राजनीति सुरु गरेका धनबहादुर हालसम्म पनि राप्रपामै छन् । बीचमा नेपाल रेडक्रस सोसाइटीको जागिरे भएपछि राजनीतिमा सक्रिय नदेखिएका धनबहादुर हाल आएर पुन: सक्रिय भएका छन् ।
धनबहादुरले परिवार एउटै भए पनि सिद्धान्त फरक हुनाले र लोकतन्त्रमा आºनो विचार जसले पनि राख्न पाउने भएकाले दुबै भाइ एकै क्षेत्रबाट उठेको प्रतिक्रिया दिए । उनले आफूहरूले बाहिर राजनीति गरे पनि घरमा भाइभाइबीच फरक मत नरहेको बताए । ‘फरक सिद्धान्तको पार्टीमा हामी भए पनि दुवै भाइको सुमधुर सम्बन्ध छ,’ अनुमोदनसँग धनबहादुरले भने, ‘एकै क्षेत्रबाट उम्मेदवार हुँदैमा भाइ–भाइमा कुनै फाटो आउँदैन ।’
खडकले पनि उम्मेदवार हुँदैमा भाइभाइबीच फाटो नल्याउने बताउँछन् । ‘दाइलाई म उठ्दै छु भने तर मान्नुभएन,’ उनले भने, ‘लोकतन्त्रमा आºनो अधिकार हो, त्यसमा कुनै रोकतोक हुँदैन ।’
पाँच भाइको ठूलो र संयुक्त परिवारमा धनबहादुर र खडक दुवै जना उम्मेदवार भएपछि परिवारका सदस्यलाई उम्मेदवार छान्न अलमल परेको छ । ‘उसले आºनो पार्टीको एजेन्डा प्रस्तुत गर्छ मैले आºनो,’ धनबहादुरले भने, ‘घरमा भोट माग्छु तर दिनै पर्छ भनेर श्रीमतीलाई पनि भन्दैन ।’
खडकले आºना श्रीमती, भाउजु, भाइ, भाइबुहारी, छोरा, भाइभतिजा र बुहारीको मत आफूले पाउने दाबी गरे । ‘म थारूहरूको पक्षमा रहेको पार्टीबाट उठेको छु । राप्रपा यथास्थितिवादी पार्टी हो,’ खडकले भने, ‘थरूहट तराई पार्टी थारू समुदायलाई हकअधिकार दिलाउँछ भन्ने मेरा परिवारका सबैले जानेका छन् ।त्यसैले मेरोपछि लागेर भतिजाहरू थरुहट आन्दोलनमा आएका हुन्,’ उनले भने ।
कैलालीमा विभिन्न राजनीतिक दलबाट ५७ थारू नेता संविधानसभा सदस्यको चुनावमा प्रत्यक्षतर्फबाट उम्मेदवार भएका छन् । विभिन्न दलबाट क्षेत्र नम्बर १ मा १०, २ मा आठ, ३ मा १५, ४ मा आठ, ५ मा सात र ६ मा ११ जना थारू उम्मेदवार छन् । सद्भावना पार्टीका रेशम चौधरी १ र ३ तथा थरुहट तराई पार्टीका वीरबहादुर डगौराथारू १ र २ नम्बर क्षेत्रबाट उठेका छन् ।
एकै क्षेत्रबाट दुई दाजुभाइलाई उम्मेदवार बनाएर दलहरूले थारू समुदायलाई फुटाउन खोजेको आशंका गरिन थालिएको छ । ‘दुई भाइलाई एकै क्षेत्रबाट उठाएर भाइहरूबीच फाटो ल्याउने प्रयासमा दल लागेका छन्,’ थारू कल्याणकारिणी सभा कैलालीका सचिव तथा थरुहट तराई पार्टीका क्षेत्र नम्बर ५ का उम्मेदवार माधव चौधरीले भने, ‘थारूलाई प्रयोग गरी आफू जित्ने रणनीति बनाएर दलहरूले एकै क्षेत्रबाट धेरै थारूलाई उम्मेदवार बनाएको आशंका छ ।’
थारू आन्दोलनमा लागेका खडकलाई धनबहादुरले सहयोग गर्नुपर्ने बताउँदै माधवले अझै मिलाउने प्रयास जारी रहेको बताए ।

प्रतिक्रिया