खेलकुद प्रभागको उद्घाटन

Khelkudकाठमाडौं : नेपाल–भारत मनाव विकास एवं मैत्री संघको स्वास्थ्य प्रभाग, खेलकुद प्रभाग र पशुपति एकाइको संयुक्त उद्घाटन नेपालका लागि भारतका राजदूत रन्जित रेले गरे । प्रभागको उद्घाटनसँगै मित्रपार्कमा अस्पतालसमेत स्थापन गरिएको खेलकुद प्रभागका प्रमुख विनोद शाक्यले बताए । राजदूत रेले दुई देशबीचको मित्रतालाई गतिलो बनाउन यो संस्था महत्त्वपूर्ण हुने विचार व्यक्त गरे । संस्था खेलकुदको विकासमा लागि पर्ने संयोजक शाक्यले बताए । (सौस)

प्रतिक्रिया