फेरि तुलसी र प्रकाश च्याम्पियन

काठमाडौं : विश्रान्तका तुलसीकुमार महर्जन र प्रकाश राईको जोडीले पाँचाँै मिंस पाँचौँ बबिनविक्रम बिष्ट स्मृति रनिङ शील्ड ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सको उपाधि जितेका छन् ।
बानेश्वरको भीमसेनगोलामा शनिबार भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन तुलसी र प्रकाशको जोडीले बानेश्वरका केशव पौडेल र तिलक छन्त्यालको जोडीलाई २१–१५ र २१–११ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे । किङ कम स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा सिनामंगलका वीरेन्द्र कुँवर र ओम योगीको जोडीले तेस्रो स्थानमा चित्त बुझाए । उक्त जोडीले बानेश्वरका दीपक थापा र पुरुषोत्तम ढकालको जोडीलाई २१–१६ र २१–१९ को सोझो सेटमा पन्छाए ।
पुरस्कार स्वरूप पहिलो हुनेले १२ हजार र र्‍याकेट, दोस्रोले आठ हजार र ट्रयाकसुट तथा तेस्रोले पाँच हजार र टिसर्ट प्राप्त गरे ।
प्रतियोगितामा जोरपाटीका कर्मा शेर्पा र छेतेन लामाको जोडी उत्कृष्ट खेलाडी घोषित भए । उनीहरूले ब्याडमिन्टन किट्स पाए । १५ भदोदेखि सुरु प्रतियोगितामा ३६ पुरुष जोडीले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक निरज कार्कीले जनाएका छन् । (सौस)

प्रतिक्रिया