चाबहिल स्पोर्ट्स क्लबलाई उपाधि

काठमाडौं : चाबहिल स्पोर्ट्स क्लबले प्रथम एनसिवाइसी पुरुष सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । कपनमा भएको फाइनलमा चाबहिलले मायालु परिवारलाई ५–३ गोलअन्तरले पराजित गर्‍यो । विजेताका किरण सुब्बाले ह्याट्रिक गरे भने पले खड्का र भीम तामाङले १–१ गोल थपे । मायालुका तर्फबाट सोम थापा, निकेश र निमाले १–१ गोल फर्काए । किरण प्रतियोगिताकै सर्वाधिक गोलकर्ता पनि बने । उनले जम्मा १९ गोल गरे ।
विजेताले २५ हजार तथा उपविजेताले १५ हजार नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे । (सौस)

प्रतिक्रिया