दुर्घटनामा तीनको मृत्यु

काठमाडौं : रामेछापको बावियाखर्क गाविसमा बस दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । रापेछापकै मन्थलीबाट सााघुटारतिर जाादै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइतेहरुको रापेछाप असपस्ताल र तामाकोशीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट १ सय ३० मिटर तल खसेको थियो । बस तीन टुक्रा भएको छ । छतमा बसेका यात्रु फाल हानेर बाचेका थिए । बसभित्रै रहेका यात्रुलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो ।

प्रतिक्रिया