एमाओवादी खोल ओडेका गैरकम्युनिस्ट : बस्नेत

maheshभक्तपुर, २० असोज । युवा संघ नेपालका अध्यक्ष महेश वस्नेतले एकीकृत मओवादीलाई खोल ओडेको गैरकम्युनिसटको संज्ञा दिएका छन् । उनले एमाओवादीदाई कम्युनिस्टको झन्डा बोकेर सोझा मजदुर र किसान हत्या गर्ने हत्याराहरूको समूह भएको आरोपसमेत लगाएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भक्तपुरको आयोजनामा ब्रम्हायणी बस पार्कमा भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वस्नेतले माओवादीले सोझा मजदुर र किसानको हत्या गर्नका लागि सहज होस भनी हँसिया/हतौडाको झन्डा बोकेर जनता माझ आएकासमेत बताए ।
कम्युनिस्ट पार्टीले झन्डा बोक्दैमा, कम्युनिस्ट हँुदैन भन्दै बस्नेतले त्यसका लागि जनताको दु:खमा साथ दिने नै सच्चा कम्युनिस्ट हुने दाबी गरे । उनले यदि एमाओवादी कम्युनिस्टको पार्टी भएको भए सबै मजदुर र किसानको हकहितका लागि संघर्षरत रहनुपर्नेमा आफ्ना लागि महल बनाउनै व्यस्त रहेको आरोप लगाए ।
कार्यक्रममा बोल्दै वस्नेतले भने, ‘उसले आफू मजदुर र किसानको पक्षमा नै रहेको बताए । उनले कुनै पनि पार्टी मजदुर र किसानको पक्षमा नभएका कारण अबका दिनमा मजदुर र किसानका हकहितको रक्षाका लागि एमालेलाई साथ दिनुपर्ने उनको भनाइ थियो । वस्नेतले भने, ‘यदि मजदुर र किसानले श्रमजीवि वर्गका उत्थानका लागि सचेत नभए तिनै कम्युनिस्टका खोल ओढेका मजदुर नेता भन्नेहरूले पुन: मुलुकमा जनताका घरखेत कब्जा जनताका घरखेत गर्नेछन् ।’
उनले एमाओवादीको कब्जामा मुलुक गएमा पुन: एकपटक आफ्नो पक्षमा संविधान निर्माण गर्ने र सोझा मजदुर किसानहरू भने जीवनभर शोषण सहन बाध्य हुनुपर्ने बताए ।
कार्यक्रममा विभिन्न सवारी साधनमा कार्यरत यातायात मजदुरहरूको उपस्थिति थियो । यातायात मजदुरले राज्यले आफ्ना समस्याका विषयमा सुनुवाइ नगरेको भन्दै दु:ख व्यक्त गरेका थिए ।

प्रतिक्रिया