‘चुनाव बहिष्कार गर्न बाध्या पारिएको छ’

Dang-Kathmandu-Patrakar-Samकाठमाडौं, १९ असोज । एमालेका सचिव शंकर पोखरेलले संविधान निर्माणका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् ।
दशैं तथा तिहारका अवसरमा दाङ काठमाडौ पत्रकार समाजले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा नेता पोखरेलले मंसिर ४ को चुनावबाट संविधान निर्माण गर्ने सक्षम व्यक्तिहरु विजयी हुने विश्वास व्यक्त गरे । ‘दोस्रो पटक हुन लागेको संविधानसभाले संविधान निर्माण गर्ने छ,’ उनले भने ।
उनले एक पटक असफल हुंदैमा चुनावी प्रक्रिया नै गलत हो भन्न नहुने बताए । चुनावमा सबै दलहरु सहभागी भई संविधान निर्माणमा सहयोग गर्न नेता पोखरेलले सबैसंग आग्रह गरे ।
चुनावी प्रक्रियालाई दलहरुले अवसरका रुपमा उपयोग गर्नुपर्ने बताउंदै सचिव पोखरेलले चुनाव भन्दा बाहिर बसेर कुनै पनि दलको भलो नहुने जिकिर गरे ।
नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य नारायण शर्माले आफ्नो पार्टीलाई ठूला राजनीतिक दलले नै चुनाबमा भाग लिने वातावरण नबनाएको आरोप लगाए । ‘हामीलाई जबरजस्ती चुनाव वहिष्कार गर्न बाध्य पारिएको छ,’ उनले भने ।
तत्कालीन संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले चुनावी प्रक्रियाको विरोध कसैले पनि गर्न नहुने बताए । उनले दोस्रो पटक हुन लागेको संविधानसभाले संविधान निर्माण गर्ने दावी गरे ।
कार्यक्रममा पुनरावेदन अदालत पाटनका न्यायाधीश राजेन्द्रप्रसाद राजभण्डारी, कांग्रेस नेता बलदेव मजगैंया, अधिवक्ता शेरबहादुर केसी, भीमार्जुन आचार्यलगायतका दाङवासीले आआफ्ना तर्फबाट शुभकामना दिएका थिए ।
पत्रकार समाजद्धारा चियापान आयोजना
विजया दशमी तथा दीपावलीका अवसरमा दाङ काठमाडौ पत्रकार समाजले आज (शनिबार) काठमाडौंमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
दाङ जिल्लाबाट काठमाडौं आई पत्रकारिता पेशामा आबद्ध पत्रकारहरुको छाता संगठनका रुपमा रहेको समाजको आयोजनामा भएको कार्यक्रममा दाङका विद्यार्थी, वुद्धिजीवी, कर्मचारी, राजनीतिज्ञ तथा विशिष्ट ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमा सहभागीहरुले दाङको बिकास बिस्तारमा दङ्गाली सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया