काठमाडौं र कैलालीमा चार शव फेला

Hatya 2काठमाडौं, १९ असोज । कैलाली र काठमाडौंमा चार व्यक्तिको शव फेला परेको छ । कैलालीमा आफ्नै घरमा एक दम्पत्तिको शव फेला परेको हो ।
कैलालीमा खुसीराम चौधरी र उनकी पत्नी फूलरानी चौधरी आफ्नै घरमा आज (शनिबार) मृत्त अवस्थामा फेला परेका छन् । थापापुर–४ का ५० बर्षीय खुसीराम र ४५ बर्षीया फूलरानीको शव फेला परेको हो । उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीको प्रराम्भीक अनुमान छ ।
उता, काठमाडौमा पनि दुई व्यक्तिको शव फेला परेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्वर चारस्थित फलफूल बजार नजिक सडकको नालीमा नाम, थर, वतन नखुलेको अंदाजी ४० बर्षीय पुरुष ब्यक्तिको शव फेला परेको हो ।
त्यसैगरी, काठमाडौ महानगरपालिका–११, थापाथली पुल मुनी बागमती नदीमा पुरुष व्यक्तिकै शव फेला परेको छ । शवलाई नदीले बगाएर ल्याएको सडेगलेको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया