काठमाडौं, १९ असोज । नेपाल सदभावना पार्टीका प्रत्यक्ष तर्फका उम्मेदवार उमेश महतालाई नेकपा माओवादीले उम्मेदवारी फिर्ता लिन दवाव दिएको छ ।
पार्टी अध्यक्ष सरिता गिरीले आज (शनिबार) विज्ञप्ति जारी गरेर महोत्तरीबाट उम्मेदवारी दिएका महतोलाई सुरक्षा प्रदान गर्न सरकारसंग माग गरेकी हुन् ।
महतोले महोत्तरी क्षेत्र नम्बर ६ मा सो पार्टीबाट प्रत्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराए लगत्तै नेकपा माओवादीका कार्यकर्ताले महतोलाई धम्की दिएका हुन् ।
‘नेकपा माओवादीका नेता कार्यकर्ताले मोबाईल मार्फत दबाव र धम्की समेत दिएका छन्,’ गिरीले भनेकी छन्, ‘हाम्रा उम्मेदवार उमेश महतोलाई तत्काल सुरक्षा उपलब्ध गराउन सरकारसंग माग गर्दछु ।’
प्रतिक्रिया