यु–१९ मा खराब सुरुआत

Nepalदोहा, १८ असोज । एफसी यु–१९ क्वालिफायरमा खराब सुरुआत गरेको छ  । कतारमा जारी समूह  ‘ए’को छनोटमा तुर्केमिनिस्तानविरुद्ध  अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा नेपालले महँङो मूल्य चुकाउनुपर्‍यो । तुर्केमिनिस्तानले नेपाललाई २–१ ले हराएको हो । खेलको १५औँ मिनेटमा असिमजंग कार्कीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफमा नेपालले तुर्केमिनिस्तानलाई दबाबमा राख्दै केही राम्रो मौकाहरूसमेत सिर्जना गरेको थियो । यद्यपि, दोस्रो हाफमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन । कप्तान सुलभ मास्केले फल गरेपछि प्राप्त पेनाल्टीमा बेरेनोभले गोल गर्दै तुर्केमिनिस्तानलाई बराबरीमा ल्याए । ७९आँै मिनेटमा कोभुसोभले गोल गर्दै तुर्केमिनिस्तानलाई २–१ को अग्रता दिलाएपछि भने नेपालको केही लागेन  । प्रतियोगिताको दोस्रो खेलमा नेपालले आइतबार भारतको सामना गर्नेछ । नेपालले त्यसपछि  उज्वेकिस्तान र कतारको सामना गर्नुपर्नेछ ।

प्रतिक्रिया