चितवन : दसैँमा सर्वसाधारणलाई जिउँदो खसी र मासु सहज रूपमा उपलब्ध गराउन चितवनमा खसी संकलन केन्द्र स्थापना गरिएको छ । स्थानीय एक व्यापारीले सुरु गरेको बाख्रापालन फर्मले खसी संकलन केन्द्र सञ्चालन गरेको हो । हाल केन्द्रमा एक सय ५० भन्दा बढी खसी रहेका र आवश्यकताअनुसार थप्दै लैजाने सञ्चालक किशोरकुमार रावलले बताए ।
जिल्लामा खसीको मासु बिक्री गर्ने व्यवसायीले प्रशासनको हस्तक्षेपविरुद्ध पटकपटक मासु व्यापार नै बन्द गरेर आन्दोलन चलाइरहेका बेला केन्द्र स्थापना भएको हो । केन्द्रले चितवनका पहाडी इलाकाबाट समेत खसी ल्याउने र सुपथ मूल्यमा बिक्री गर्ने जनाएको छ । खसी संकलन केन्द्रले उपभोक्तालाई सजकता मिल्ने स्थानीय राजु सेँढाइले बताए ।
प्रतिक्रिया