ओशोले भनेका छन्, सिर्जनात्मकता अस्तित्वको सबभन्दा महानतम विद्रोह हो ।’ यदि तिमी सिर्जना गर्न चाहन्छौ भने सब प्रकारका अनुकूलनबाट मुक्त होऊ, अन्यथा तिम्रो सिर्जना कार्बन कपिभन्दा अरू केही हुने छैन ।
हो गोविन्दराज भट्टराईद्वारा लिखित सुकरातको डायरी आख्यान जगत्मा एक विद्रोही स्वर हो् । यसले आख्यान लेखनमा यस पूर्व निर्मित अग्लाअग्ला पर्खाललाई, वर्षाैदेखिका परम्परागत सीमानाहरूलाई गल्र्यामगुर्लुम भत्काएको छ । साहसिक र नवीन यात्राको निमित्त बाटो खनेको छ । यसले मानव जीवनमा स्वतन्त्रताको अपरिहार्यसँगै नेपाली आख्यान लेखनमा स्वतन्त्रता संग्रामका लागि बिगुल
फुकेको छ ।
माघको महिना थियो, म राजधानी आइपुगेको थिएँ, आउँदा आउँदै थाहा पाएँ, सुकरातको डायरी आउँदै छ । म हर्षले उचालिएँ, सुकरातको पाइलाका कहालीलाग्दा चित्रहरू आँखाअगाडि झल्झली आइपुगे । सोचेँ, पूर्णिमाले जनयुद्धमा सहादत प्राप्त गरिसकी, प्रेमिकाको वियोगमा विक्षिप्त अनन्त पनि आफ्नो नामको अर्थ मेटिने गरी संसारबाट बिदा लिइसके होलान् । अब सुकरात गुरुले नीलिमासँग सृष्टिअगाडि बढाउने होलान्, नभए अनन्तको र आफ्नो विगतको जीवनमा रुमलिँदै सुकरात गुरुले अटोबायोग्रफिकल डायरी लेखेका होलान ्। पढ्नुभन्दा पहिले छामेँ, सुरुदेखि अन्तसम्म सरर हेरेँ, अनौठो अनुभूति गरँे, म पनि सायद त्यही खोजिरहेको थिएँ । केही नयाँ, अर्कै फरक सिर्जना अर्कै हुनु पर्दाे रहेछ, नत्र त्यो सिर्जना कहलाउँदैन, पुनरावृति मात्र । पानाहरू पल्टाउँछ,ु कभरको कलर अनि डिजाइन क्लासिकल, फेरि प्रारम्भमा कृतज्ञता आदि पनि देख्दिनँ, अझ पल्टाउँछु दैनिकी देख्छु, कविता देख्छु, डाइलग देख्छु, अभ्यास देख्छु अनि त्यसमा प्रश्नहरू देख्छु । फेरि पल्टाउँछु अर्काे पनि अभ्यास देख्छु अझ पल्टाउँछुु सन्दर्भ सूची देख्छु, फेरि परिशिष्ट भेटाउँछु, उत्तरार्धमा सेवासँगको अनलाईन क्न्वरसेसन देख्छु, दंग पर्छु, फेरि डाक्टर कुमार कोइरालाको उपन्यासको बारेमा गरेको अवलोकन, अन्जना म्याडम अनि बलरामजीले उपन्यासको बारेमा कोरेका शब्दहरू, म बडो विचित्रता महसुस गर्छ । तर, मैले सायद बिर्सेको रहेछु । कलरिजले भनेका थिए, ‘देयर इज नो आर्ट विदाउट स्ट्ेरन्जनेस’ अर्थात् नवीनता बेगरको कुनै कला महान् हुँदैन ।
प्रथम वाक्यले नै भ्रमित हुन्छु । ‘जीवन र मृत्युको बीचमा अनन्त नै झुन्डिएको देखेँ, त्यो न यथार्थ थियो, न भ्रान्ति ।’ ह्यारोल्ड पिन्टरको सम्झना भयो । उनले भनेका छन्, ‘वास्तविक र अवास्तविकका बीचमा प्रस्ट भेद नभए झैँ सत्य र असत्यबीचमा पनि कुनै भेद छैन । एउटा तथ्य सत्य र असत्यको विभाजनमा पर्ने आवश्यकता छैन किनभने त्यो सत्य असत्य दुवै हुन सक्छ ।’ अस्तित्व फर्डिनान्ड डी सस्युरले भने जस्तो कुनै अस्तित्व द्विचरितामा विभक्त हुने नभई त्योभन्दा पर छ, जीवनलाई द्विचारिता अर्थात् वाईनरिजमा राखेर परिभाषित गर्नु भनेको यसको साँघुरो पार्नु मात्र हो । त्यसै प्रकार आख्यान सुकरातको डायरी पनि वाईनरिजमा बुझ्नु हुन्न, र सकिँदैन पनि । सुकरातको डायरी एक उत्तरआधुकनिक आख्यानभित्रको मेटाफिक्सन हो । सिर्जनाको बारेमा सिर्जना अर्थात् आख्यानको बारेमा आख्यान, लेखन कलाको बारेमा लेखन । सुकरातको डायरीले आख्यान लेखनको विश्वमा विभिन्न काल खण्डमा गरिएका प्रयोगहरू र अभ्यासमाथि विवेचना गरेको छ । लेखनकला यसका जटिलता अनि आख्यान लेखनका समसामयिक अवस्थाका बारेमा चर्चा गरिएको छ । भ्लादिमिर नाबोकोबको पेल फायर, सलमान रुस्दीको मिडनाइट्स चिल्ड्रेन जस्तै सुकरातको डायरी एक पोइयोमेनन हुन् । तर, यसोभन्दा म यसलाई कुनै अरू कृतिसँग तुलना गर्न चाहँदिन । तिनीहरूका प्लट, सेटिङ, थिम, शैली सब भिन्न छन ्। सुकरातको डायरी विषयवस्तु अनि शैलीको दृष्टिक ोणबाट हेर्दा अझ व्यापक र गहन अनुभूति हुन्छ । तसर्थ, सुकरातको डायरी वास्तवमा एक कलाकृति हो । उत्तरआधुनिक आख्यानले निस्क्रिय मनोरञ्जनलाई निस्तेज पार्छ । त्यस्तै प्रकारले सुकरातको डायरीले पाठकबाट सक्रिय भूमिका खोजेको हुन्छ, अझ सह लेखकको भूमिका खोजेको छ, जुन पूरा नहुँदा पठन कार्य कठिन हुन जान्छ ।
यो सिर्जनाको वेगमा म कतिबेला रन्थनियको पनि हुन्थँे । अलिकति तलमाथि पर्दा कतिपल्ट झोक्किएँ होला तर अन्जना एउटी धरती मेरा साह्रा संवेग र आवेगहरू म केवल उनमै पोख्न चाहन्छु……………… यो साह्रा उनैले सहनुपर्छ भन्ने ठान्थेँ, आमाले झैँ । मैले यो लेखेँ भन्न पनि मलाई शरम लाग्छ र भन्नुपर्दा ग्लानी हुन्छ ।
यसरी सुकरातको डायरीमा आख्यानकार निरीह देखिन्छन्, निर्भर । आफ्ना आख्यानको क्रेडिट आफ्नो अर्धांगिनी अन्जना भट्टराईलाई सुम्पिनु, सेवासँग सहयोग माग्नु, बलरामजी अनि कुमार कोइरालासँग कृतिको समीक्षा गर्न लगाउनु र सबै यसैमा समावेस गर्नु एउटा लेखनकला हो । त्यस्तै सुकरातको डायरीमा भएको लेखकको उपस्थिति यस आख्यानका अर्को उत्तरआधुनिक विशेषता हो ।
सुकरातको डायरी शब्दको र विचारको खेल हो । सेक्सपियरले भने जस्तो संसार एक रंगमञ्च हो जसमा नरनारी केवल खेल्ने पात्र हुन् । त्यसैगरी आख्यान लेखन पनि गहा एक नाटक मञ्चन सावित भएको छ । यसमा आख्यानकारले सुकरात, निलिमा, अनन्त र पूर्णिमालाई विभिन्न भूमिका प्रदान गरेर, विभिन्न शब्द उच्चारण गराएर जीवनको अर्थ अनि परिभाषा खोजेको पाइन्छ जसरी जीवनमा कुन व्यक्तिले के गर्छ त्यो ईश्वरको हातमा हुन्छ त्यसैगरी लेखकले विभिन्न पात्रलाई उचाल्ने, घुक्र्याउने, पछार्ने, अनि फेरि उचाल्ने खेल खेलेर एक आख्यानको निर्माण गरेको पाइन्छ । यसरी हेर्दा यी सब पात्र आख्यान निर्माणका लागि नाटक गरिरहेका अनुभव हुन्छन् ।
सुकरात डायरीले सत्यको निर्माण भाषाले गर्छ भन्ने कुरा पनि देखाउँछ । यथार्थवादीहरूका लागि भाषा सत्य बताउने माध्यम थिए भने उत्ताराधुनिक साहित्यमा भाषा साधन र साध्य दुवै भएको छ । किनभने संसार वा सत्य भाषाबाट निर्मित हुन्छ तर भाषाले आंशिक सत्य मात्रै प्रस्तुत गर्न सक्छ ।
यसभन्दा अघि नेपाल तथा विश्वमा लिखित २५० जति उपन्यासहरूको चर्चा परिचर्चा गरेर त्यसमा प्रयुक्त विषयवस्तु, प्लट, सेटिङ, थिम कुरा गरेर त्यसबाट हामी बाहिर उम्केर कसरी नयाँ सिर्जना गर्न सक्छौँ भन्ने कुरा सुकरातको
डायरीमा देखाउन खोजिएको छ ।
मैले हजारौँले टेकेका पुराना डोबलाई पछ्याउन चाहन्न, मलाई नयाँ सोच्न देऊ, मलाई स्वतन्त्र हिँड्न देऊले पनि यही कुरा उद्धृत गर्छ ।
यी प्रमुख पात्र सुकरातको वाक्यले फ्रिडम फर एग्जिसटेन्स र राइटिंग दुवै देखाउँछन् । यस आख्यानका सबै मुख्य पात्रहरलाई आख्यानकारको रूपमा प्रस्तुत गर्नु महान् जीवन दर्शन हो । यस अस्तित्वमा सिर्जना मानवीय गुण हो । प्रत्येक मानवमा सिर्जनाका यथेष्ट सम्भावना हुन्छन् तर यो समाज, परिवार, पाठशालाले त्यो सिर्जनालाई मारिरहेको हुन्छ । पिकासोले भनेका थिए, ‘प्रत्येक बालक एक कलाकार हो तर ठूलो भएपछि त्यो कला उसमा रहन्छ कि रहँदैन भन्ने कुरा एक समस्या हो ।’
समष्टिमा भन्दा सुकरातको डायरी एक महासागर हो जसभित्र ठूलाठूला नदीहरू र स–साना खोला सबै एकै ठाउँमा मिसिएका छन् । यसको थिमको कुरा गर्दा मुक्तान्त आख्यान लेखन र पठनलाई प्रोत्साहन र पुनरावृत्तिलाई निरुत्साहित गर्नु नै हो । सुकरातको डायरीले अनगिन्ति नवीन सिर्जना र सर्जक गर्भमै बोकेर आएको छ । सुकरातको डायरी सम्पूर्ण साहित्यप्रेमी तथा सर्जकहरूको लागि एकपल्ट पढ्नै पर्ने आख्यान हो भने, आख्यानमा होमिन चाहने नवआगन्तुकहरूका लागि एक गीता जस्तै पाठ गर्नुपर्ने ग्रन्थ हो जस्तो लाग्छ । यसलाई ‘एन एडभान्स् कोर्स इन् फिक्सन राइटिङ’ पनि भन्न सकिन्छ ।
त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी शिक्षा विषयका उपप्रध्यापक सजनकुमार कवि, अनुवादक र समालोचक पनि हुन् ।
प्रतिक्रिया