मेरो आँसु मेरो शक्ति

Rama_Thapaमलाई मतलब छैन
अरूले तिम्रा बारेमा के सोच्छन्
तिमी मेरो शक्ति हौ
केवल तिमी मात्र मेरो सच्चा साथी हौ
मेरो आँसु
मेरो प्रिय
मेरो अन्तरंग साथी ।

म सम्झिन्छु
एयरपोर्टको सुरक्षा जाँचसँगै तिमी मसँग हिड्यौँ
जहाजमा तिमी मसँगै उड्याँै
जतिखेर म फगत एक्लै थिएँ
मेरो धर्ती र मेरा प्रिय आफन्तहरूलाई छाडेर ।
मेरो आँसु
मेरो प्रिय
मेरो अन्तरंग साथी ।

अध्यारो सडकमा तिमी मसँग–सँगै कुद्यौँ
बस बिसौनीमा पनि तिमी मसँगै उभियौँ
जतिखेर म फगत एक्लै थिएँ
चिसा रातहरूमा बस पक्रिने कोसिस गर्दै ।
मलाई मतलब छैन
अरूले तिम्रा बारेमा के सोच्छन्
तिमी मेरो शक्ति हौ
केवल तिमी मात्र मेरो सच्चा साथी हौ ।

म सम्झिन्छु,
जब मैले आफूलाई हीन महसुस गर्थेँ तिमीले मलाई ऊर्जा दियाँै
जब म सुस्तरी पाइला चाल्थेँ तिमीले मलाई उत्प्रेरित गर्‍याँै
तिमी मसँग–सँगै थियाँै मेरा पीडाहरूमा
तिमी मसँग–सँगै थियाँै मेरा रिक्तताहरूमा
मेरो आँसु
मेरो प्रिय
मेरो अन्तरंग साथी
मलाई मतलब छैन
अरूले तिम्रा बारेमा के सोच्छन्
तिमी मेरो शक्ति हाँै
केवल तिमी मात्र मेरो सच्चा साथी हौ ।

प्रतिक्रिया