मायाकुमारीलाई बर्खास्त नगर : सर्वोच्च

Maya Kumari Sharmaकाठमाडौं, १९ असोज । सर्वोच्च अदालतले मायाकुमारी शर्मालाई राजदूत पदबाट बर्खास्त गर्ने सरकारको निर्णय उल्टयाएको छ । कतारका लागि नेपाली राजदूत रहेकी शर्मालाई बर्खास्त गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वाेच्चले सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले शुक्रबार शर्मालाई बर्खास्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न र कतारका लागि नयाँ राजदूत पनि नियुक्त नगर्न सरकारलाई आदेश दिएको हो । कतार सरकार र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा सरकारले १० असोजमा शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
शर्मा बर्खास्तीमा परेलगतै वारेसमार्फत सर्वाेच्च पुगेकी थिइन् । उनको रिटमा प्रारम्भीक सुनुवाई गर्दै सर्वाेच्चले अन्तरिम आदेश दिएको हो । शर्माले आफूलाई सरकारले गैरकानुनी रूपमा पदमुक्त गरेकोले बहाल गरिपाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सर्वोच्चले शर्मालाई बर्खास्त गर्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ ।

प्रतिक्रिया