समानुपातिक तर्फको बन्द सूची आयोगमा

Elecatation Votting Pollingकाठमाडौं, १८ असोज । दलहरुले समानुपातिक तर्फका उम्मेदवारको नामसहितको बन्द सूची निर्वाचन आयोगमा बुझाएका छन् ।
आयोगले तोकेको समयमा आज (शुक्रबार) दलहरुले बन्द सूची बुझाएका हुन् । उनीहरुले बन्द सूचीमा रहेका उम्मेदवारको नामका बारेमा केही बताएका छैनन् ।
आयोगले दलहरुसंग बन्द सूची माग गरेको थियो । साना दलहरु सुरुमै गएर सूची बुझाए पनि ठूला दलहरुले ढिला गरेर बन्द सूची बुझाएको आयोगले जनाएको छ ।

प्रतिक्रिया