काठमाडौं, १८ असोज । निर्वाचन आयोगले उम्मेदवारहरुको भरपर्दो सुरक्षा व्यवस्था बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले आज (शुक्रबार) विज्ञप्ति जारी गरेर निर्वाचनमा संलग्न सम्पूर्ण उम्मेदवारको सुरक्षा व्यवस्था बनाउन सरकारलाई आग्रह गरेको हो ।
‘निर्वाचन प्रक्रियामा संलग्न सम्पूर्ण उम्मेदवारको पूर्ण सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउछौं,’ विज्ञप्तिमा भनिएको छ ।
यसैबीच, आयोगले बारा जिल्लाको क्षेत्र नम्बर चारका एमालेका प्रत्यक्ष तर्फका उम्मेदवार महमुद आलमलाई गोली प्रहार भएको जनाएको छ । आयोगले आलमको सम्पूर्ण उपचार खर्चको पनि माग गरेको छ ।
प्रतिक्रिया