बारा, १८ असोज । बारा जिल्लामा एमालेका तर्फबाट प्रत्यक्षका उम्मेदवारलाई अज्ञात समूहले गोली प्रहार गरेर गम्भीर घाईते बनाएको छ ।
क्षेत्र नम्बर ४ का एमालेका उम्मेदवार मोहम्मद आलमलाई आज (शुक्रबार) बिहान अज्ञात समूहले गोली प्रहार गरेको हो । लिपनीमान–१ निवासी आलमलाई टाउकोमा गोली लागेको छ ।
परवानीपुरस्थित चवासती मिल अगाडि आलमलाई दुई जनाको समूहले गोली प्रहार गरेको थियो । आलम एमाले निकट मुस्लिम ईत्तिहाद संगठनका केन्द्रीय अध्यक्ष पनि हुन् ।
गम्भीर अवस्थामा रहेका आलमको बीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालका अनुसार आलमको अवस्था गम्भीर छ ।
प्रतिक्रिया