पुलिस, एपिएफ र न्यु डाइमन्डको जित

volly_ballकाठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक प्रथम राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता २०७०’ को बिहीबार सम्पन्न खेलमा एपिएफ , पुलिस क्लब र न्यु डाइमन्ड स्पोर्ट एकेडेमी विजयी भएका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा एपिएफले सुदूर पश्चिमाञ्चल महिला भलिबल टिमलाई २५–७, २५–१०, र २५–७ ले पराजित गर्‍यो ।
अर्को खेलमा नेपाल पुलिस क्बलले मध्यपश्चिमलाई २५–३, २५–१५ र २५–९ ले पराजित गर्‍यो । न्यु डाइमन्ड स्पोर्टस क्लबले पूर्वाञ्चल महिला भलिबल टिमलाई २५–९, २५–४ र २५–३ ले पराजित गर्‍यो ।
एपिएफकी नेविका चौधरी, नेपाल पुलिस क्लबका नीताकुमारी साह तथा न्यु डाइमन्ड स्पोर्टस क्लबका कृपा अधिकारी प्लेयर अफ दि म्याच घोषित भए ।
अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) तथा नेपाल भलिबल संघको नियमअनुसार सञ्चालन हुने सो प्रतियोगिताका खेल लिग कम नकआउटका आधारमा खेलाइनेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने तथा उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटरलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरिनेछ । (सौस)

प्रतिक्रिया