सुभाष नै अगाडि

काठमाडौं : म्याग्दी मगर समाजका सुभाष पाइजाले अन्तर समाज खुला धनुषवाण प्रतियोगिताको चौथो दिनाको समाप्तिसम्म अग्रता कायम राखेका छन् । उनले चाथो दिन एक अंक थप्दै कुल १४ अंक जोडे ।
दोस्रो स्थानमा रहेका आयोजक मार्फा थकाली समाज सेवा सदनका चित्रलाल हिराचनको १२ अंक पुगेको छ । आयोजककै योगेन्द्र हिराचन र म्याग्दी मगरका हरि पुन ७ अंकका साथ संयुक्त तेस्रो स्थानमा छन् । मनाङ मस्र्याङ्दीका वाङ्गेल गुरुङ ६ अंकसाथ चौथोमा छन् । नेपाल छन्त्याल संघका मोहन छन्त्याल र म्याग्दी मगरका जुलुप पुन समान ४ अंकसाथ पााचौँमा छन् । (सौस)

प्रतिक्रिया