संविधान बनाउन नसक्ने सभाको सदस्य नहुनु बेस

Govindaraj-Joshiकुनैबेला नेपाली कांग्रेसभित्र निर्णायकमध्येका एक मानिने गोबिन्दराज जोशी यति बेला कांग्रेसमा पदिय जिम्मेवारीविहीन छन् । लामो समय पार्टीको केन्द्रीय तहमा बसेका उनी पटकपटक मन्त्रीसमेत बने । सरकारमा रहँदा अचुक सम्पत्ति कमाएको आरोपमा भ्रष्टचारको मुद्दा खेपेर जेलबन्दीसमेत बनेका उनले गएको संविधानसभा निर्वाचनमा पराजय भोगेका थिए । यतिबेला नेपाली कांग्रेस बिपीको विचारबाट केही पर गएको उनलाई लाग्छ ।
यतिबेला म आफ्ना शुभचिन्तकको कुरा सुन्ने र उनीहरूको समस्यामा सहयोगी बन्ने काममा व्यस्त छु । पार्टीको पदीय जिम्मेवारी नभए पनि कार्यक्रर्ताहरू आफ्ना समस्या सुनाउन आउँछन् । मप्रतिका आस्था र विश्वासले आएका होलान् । म सकेसम्म निराश बनाएर पठाउँदिन । यस्ले भनेपछि पक्कै समस्या सामाधान होला भन्ने आसले आउनेहरूलाई त्यसै पठाउन नैतिकताले दिँदैन । हिजो पदीय जिम्मेवारीका साथ कार्यक्रतालाई सहयोग गर्थे, आज पनि गरिरहेको छु । कत्तिले सोच्दा हुन्, पदीय जिम्मेवारी नभएकाले मेरो कसैसँग कुराकानी र छलफल हँुदैन भन्ने । तर, त्यस्तो छैन । धेरैले चिन्दछन्, विश्वास गर्छन् र आउँछन् । म उनीहरूको समस्या सुन्ने गर्छु ।
यतिबेला पहिलेभन्दा अलि फुर्सदीलो भएको छु र त्यो समयको उपयोग गर्दै आफ्नो जीवनमा घटेका घटना र राजनीतिक विश्लेशणात्मक दुई किताब लेख्दै छु । ०४७ पछिको बाह्र वर्ष नेपाली कांग्रेसले सबैभन्दा बढी सत्ता सञ्चालन गर्‍यो । त्यति बेलाको हरेक घटनाको उतार चढाबमा म पनि सहभागी छु । यसबीचमा नेपालमा घटेका राजनीतिक घटनाक्रम उक्त किताबमा समेटिएका छन् । बाँकी रहेको समय अध्ययनमा बित्छ । मलाई आफू पूरै फुर्सदिलो भए जस्तो लाग्दैन । फरक यति हो– यहाँका सञ्चारमाध्यमले पदीय जिम्मेवारी भएका मान्छेलाई बढी प्राथमिकता दिँदा हाम्रो भूमिका ओझेलमा परे जस्तो भएको हो ।
हाम्रो समाजमा भ्रम छ, राजनीति पद र जिम्मेवारीमा रहँदा मात्र गरिन्छ भन्ने । राजनीति आस्था र विचारले गर्ने चिज हो । कुरा यत्ति मात्र हो– पदमा रहँदा र नरहँदा भूमिका फरक हुन सक्छ । हिजो पार्टीको सहमहामन्त्री रहँदा महत्त्वपूर्ण निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागिता हुन्थ्यो । पार्टी कमिटी परिचालन गर्ने जिम्मेवारी थियो । आज ती जिम्मेवारी छैन । सिद्धान्त र विचारको राजनीति गर्ने मान्छे पदमा भए पनि नभए पनि कहिल्यै विचलन र कार्यक्रतासँग टाढा हुँदैन । नेता कार्यक्रतासँग हिजो पदमा रहँदाको सम्बन्ध आज पनि जीवितै छ —गोविन्दको पद छैन के जानु भनेर कार्यक्रता मकहाँ आउन छाडेका छैनन् । उनीहरूको विश्वास हिजो जति थियो आज पनि छ ।
नेपाली कांग्रेसमा विभाजन र एकतासँगै धेरै समस्या आए । मलगायत केही साथीले भन्यौँ–पार्टीमा छलफको आधारमा आएको निर्णयलाई पालना गरेर जानु पर्छ । एकल नेतृत्वमा चल्दै आएको पार्टीलाई सामूहिक नेतृत्वमा चलाउनुपर्छ भनेर आवाज उठाउने पहिलो मै हुँ । धेरै कोसिसपछि सामूहिक Govindaraj-Joshi-1नेतृत्वको वैधानिकता स्थापना गर्न सफल भयौँ । संस्कारका लागि कसले के कति गर्‍यो समयले सबैको जिम्मेवारी र भूमिकाको मूल्यांकन गर्ला । म समयको प्रतीक्षामा छु ।
पार्टी एकता पछिका महाधिवेशनमा प्यानल बनाएर चुनावमा नजान धरै प्रयास गरीयो । प्यानल बनाएर जाँदा माथिदेखि तलसम्म विभाजन देखिन्छ । यो गलत संस्कार पार्टीमा भित्रिन नदिउँm भनेर धेरै कोसिस गरँे, सकिएन । नेताहरू नै तयार नभएपछि कसको के लाग्नू ? चाहेको भए म पनि कुनै प्यानलको लिस्टमा नाम दर्ज गराउन सक्थे होला तर गरिएन । जुनकुराका विरुद्ध लागिएको छ, त्यही गर्नुहँुदैन भनेर गरिएन । प्यानलमा गएपछि व्यक्तिलाई भन्दा पार्टीलाई घाटा हुन्छ । मैले व्यक्तिगत रूपमा चुनाव लड्ने र आएको परिणामलाई स्वीकार गर्ने भन्दा नेताहरूले मानेनन् ।
कतिकति बेला घटना क्रम र पार्टीले गरेको निर्णय हेर्दा लाग्छ, यो निर्णय नगरेको भए हुने । पछिल्लो समय धर्मनिरपेक्षको निर्णयमा पार्टीले नमानेको भए हुने जस्तो लाग्छ । नेपाललाई हिन्दूराज्य नभने पनि धर्मनिरपेक्ष्य नभनेको भए हुने जस्तो लाग्छ । उक्त निर्णयले असी प्रतिशत जनताको भावनामा आघात पुगेको झैँ लागेको छ । तर पार्टीले निर्णय गरे पछि मेरो केही लाग्दैन । निर्णय गर्ने ठाउँमा म छैन ।
पछिल्लो समय पार्टीलाई कम्युनिस्टहरूको पछिपछि लागेको आरोप लाग्यो । स्थापना काल देखिनै हाम्रो पार्टीका निश्चित मान्यताहरू छन् । पर्टीले संसदीय प्रजातन्त्रमा विश्वास गर्छ । संसदीय प्रजातन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो । न्यायपालिका स्वतन्त्र चाहन्छ । न्यायपालिका स्वतन्त्र हुनुपर्छ भन्नु अदालतको भवन स्वतन्त्र हुनुपर्छ भनेको होइन, न्यायलयभित्र हुने काम कार्बाही स्वतन्त्र हुनुपर्छ भनेको हो । त्यसका निश्चित अवधारणको आधारमा उसको आत्मलाई स्वतन्त्र हुन दिनुपर्छ । साथै शक्ति पृथकीकरणको सिद्धान्तको सवालमा नेपाली कांग्रेसले आफ्नो सिद्धान्त अगाडि ल्याउनुपर्ने थियो । तर त्यो मामलामा पार्टी पछाडि परेको छ । नेपाली कांग्रेसले संविधान निर्माण प्रक्रियामा पार्टीको दृष्टिकोण के हो भनेर प्रस्तुत गर्न सकेन । पार्टीले संघीयता मान्यो तर कुन प्रकारको संघीयता हो आफ्नो धारणा ल्याउन सकेन । राष्ट्रवादी प्रजातान्त्रक र पुरानो पार्टी भएको नाताले आफ्नो धारणा समयमा नै प्रस्तुत गरेर उक्त विचारमा सहमत हुने पार्टीसँग सहकार्य गर्न सकेको भए राष्ट्रिय राजनीतिमा कांग्रेसको भीमिका अग्रणी हुने थियो । त्यो मामलामा पार्टीको भूमिका कमजोर देखियो ।
संविधानसभा विघठनको संघारमा पुग्दासमेत कांग्रेसले आफ्नो धारणा राख्न सकेन । जिम्मेवार र पुरानो पार्टी भएको नाताले संसदीय प्रणाली सञ्चालनमा कांग्रेसको दृष्टिकोण के हो, जनतालाई प्रस्ट पार्नुपर्ने थियो । दोस्रो संविधानसभापछि केही विषयमा जनमतसंग्रह हुन सक्ला वा कांग्रेस आफँैले जनमतसंग्रहको माग गर्नुपर्ने अवस्था आउन सक्छ । भोलिको शासन प्रणाली, संघीयता, कुन प्रकारको हो ? एकल जातीय वा बहुजातीय ? धर्मनिरपेक्ष हुने नहुने ? जस्ता कुरामा पार्टीको धारणा नेपाली जनताले समयमा नै जान्नपाउनु पर्छ । पुरानो र जनताका बीचमा सधैँ नेतृत्व गर्दै आएको पार्टीले यस्ता कुरा समयमा नै जनताका बीचमा राख्नु ढिलाई गर्नुहँदैन थियो । प्रजातन्त्रमा जनताको बीचमा विचार फाल्ने कुरामा कसैले कन्जुसाइँ वा ढिलाई गर्नु हँदैन । जनताको मन जित्ने सबैभन्दा उत्तम माध्यम विचार र दृष्टिकोण हो, जुन जान्न जनता आतुर छन् ।
पहिलो निर्वाचित संविधानसभाले संविधान निर्माण गर्न सकेन । संविधानसभाभित्र भएका गतिविधि र नेताहरूको भूमिका हेर्दा लाग्यो– संविधानसभामा संसदीय अभ्यासको अनुभव कम भएका र परिपक्कताको कमीे भएका साथीहरूको बाहुल्य थियो । अनुभव र जिम्मेवारी बोधको कमीले संविधान निर्माणको काम प्रभावकारी हुन सकेन । नेताहरूले अन्तिम समयसम्म भनेका थिए, संविधान निर्माणको असी प्रतिशत काम सकिएको छ । तर पछि देखियो– काम त केही पनि भएको रहेनछ । काम भएको भए त्यतिकै छोडेर किन आउथे उनीहरू ?
कांग्रेसलाई अहिले पनि बिपीले प्रतिपादन गरेका सिद्धान्तको बाटोमा लैजान आवश्यक छ । उनले आफ्नो पुस्तकमा लेखेका छन्– राजा, राष्ट्रियता र राजनीति एउटै धरातलमा हुन्छ । उनको त्यो कुराले कुरा प्रस्ट पारेको छ । उनले भनेको त्यो बाटोमा हामी हिँडेका छौँ कि छैनौँ ? सबै नेता कार्यक्रताले स्मरण गर्नुपर्छ । बिपीको आदर्श जप्ने तर उनका सिद्धान्तको पछि नलाग्ने प्रवृत्ति हामीभित्र थुप्रै छन् । यस्तो संस्कारले विचार जपेर मात्र कांग्रेसलाई उही पुरानो ठाउँमा लैजान सकिँदैन ।
बिपीले बारम्बार भन्थे –सत्ताका लाग मरिहत्ते नगर्नू । सत्तामा जाने धेरै कोसिस गरियो भने अनेकाँ सम्झौता गर्नुपर्छ । यसले राजनीतिक र सैद्धान्तिक विचलन आउन सक्छ भनेर उनले गरेका शंका अहिले देखिँदै छ । धेरैले भनेको सुनेको छु । कांग्रेसले अरूले चलाएको सरकार सजिलो भएन भनेको । यस्ले प्रस्ट पार्छ कांग्रेस जनतका बीचमा कत्तिको जिम्मेवार थियो भनेर । कतिकति बेला कांग्रेसलाई आरोप लाग्ने गरेको छ । कांग्रेस माओवादीको पछिपछि लाग्यो अर्थात् उसले आफ्नो दृष्टिकोण दिन सकेन भनेको । मलाई लाग्छ, कांग्रेस माओवादीको पछि लागेको होइन । माओवादीको अगाडि जान नसकेको हो । आफ्नो धारणा अगाडि राख्न नभ्याउँदै अरूको धारणा आउने गरेको पछि लागे जस्तो देखिएको हो ।
नेपाली कांग्रेसभित्र मान्छेलाई आश्रयको खोजिभएको छ । भरोसायोग्य नेतृत्वको आवश्यकता सबैले महसुस गरेका छन् । हामी जतिबेला विद्यार्थी राजनीति गथ्र्यांै त्यतिबेला बिपी, गणेशमान किशुनजीलगायत नेता थिए । हामी उनीहरूको भरोसामा पार्टीको काम गथ्र्यौं । यतिबेला दूरदराजका कार्यक्रता पार्टीमा भरोसाको खोजी गर्दै छन् । पार्टीका कार्यक्रता, शुभचिन्तकले आफूलाई आपतबिपत पर्दा साथ दिने सहयोग र संक्षण गर्ने नेताहरू पार्टीभित्र छन् भनेर आस खोज्दै छन् । भरोसा योग्य नेतृत्व र विश्वासयोग्य कार्यक्रता भयो भने मात्र पार्टी बलियो हुन्छ । नेताले पनि कार्यक्रता विश्वास योग्य रोज्नुपर्‍यो । अगाडि पर्दा तपार्इंभन्दा राम्रो कोही छैन भन्दै गुनगान गाउने, पछि पर्दा धारे हात लगाउने कार्यक्रताको पछि लाग्यो भने नेता कहिल्यै उँभो लाग्दैन । कार्यक्रताले पनि आफूलाई दु:ख पर्दा साथ दिने नेता पाएन भने नेताप्रतिको आकषर््ाण घटेर जाने छ । मैले यतिबेला धेरै कार्यक्रताको गुनासो सुनेको छु । पार्टी र नेताले सहयोग गरेनन् भनेको । भरोसाकै आधारमा मसँग गुनासो गरेका होलान् भन्ने लाग्छ ।
गएको संविधानसभा निर्वाचन र पार्टीको केन्दी्रय कार्यसमितिमा हारेँ । यतिबेला संविधानसभामा हारेकोमा मलाई कुनै पछुतो छैन । उतीबेला लागेको थियो, पहिलो ऐतिहासिक संविधानसभामा हारँे । संविधान निर्माणमा आफ्नो कुनै भूमिका हुने भएन भन्ने । तर मैले बुझेको ऐतिहासिक संविधानसभाले संविधान बनाउन नसकेको देख्दा बरु हारेरै ठीक भएछ भन्ने लाग्यो । संविधान बनाउन नसक्ने सभाको सदस्य हुनभन्दा नहुनु बेश । जनताले सभासद्हरूलाई गाली गरेका देख्दा जनताको गालीबाट बचेँ भन्ने लाग्छ । निर्वाचनमा कांग्रेस एमालेका पाका, अनुभवी र वरिष्ठ धेरै नेताहरूले हारे । यदि ती अनुभवी नेताहरू संविधानसभामा भएको भए संविधान बनिहाल्थ्यो कि भन्ने झिनो आशा लाग्छ । फेरि संविधानसभामा जान पाए मेरो पनि भूमिका केही हुने थियो कि भन्ने सोचेको छु ।
आउने संविधानसभाले पनि संविधान बनाउन सकेन भने नेपालका लागि तेस्रो संविधानसभा कल्पना गर्न सकिँदैन । सँगै नेपालको सन्र्दभमा संविधानसभा उपयुक्त रहेनछ भन्ने सन्देश जाने छ । आउने निर्वाचन हाम्रा लाग मौका हो । यसलाई सबैले सही रूपमा उपयोग गर्नुपर्छ । अब पनि संविधान बनाउन सकिएन भने त्यहाँ प्रतिनिधित्व गर्ने पार्टी र नेताको भूमिका नेपालको राजनीतिमा शून्य हुन्छ कसैको कुनै अस्तित्व रहँदैन । अरूलाई दोष लगाएर उम्कउला भनेर कसैले नसोच्दा हुन्छ ।
मलाई राम्रोसँग स्मरण छ, ०३६ सालको जनमतसंग्रहको बेला बिपीले मसँग भनेका थिए–यदि बहुदलले जित्यो भने छ महिनामा संविधान बनाउने छु । उनको भनाइ थियो, नेपाल जस्तो मुलुकमा संविधान बनाउन जति समय लम्बायो उति नबन्ने खतरा हुन्छ । उनी भन्थे –हिटलरले बनाएको संविधान संसारकै उत्कृष्ट थियो । कुनै पनि मुलुकका लागि संविधान आजीवनका लागि बन्दैन । विश्वमा लिखित संविधान नभएका देश पनि छन् । समाज र देशका लागि नभै नहुने आवश्यक कुरा समेट्दै जाने हो । नेपालमा त सबैको प्रतिस्पर्धा भयो कहीँ नभको राम्रो संविधान बनाउने भनेर । निर्वाचानमा जनतालाई हुने नहुने वाचा गरेर आएका थिए । संविधानमा यो पनि लेख्छौँ, ऊ पनि लेख्छाँै भनेर । त्यसैअनुसार दलहरूले संविधानलाई आ–आफ्नो पार्टीको घोषणापत्र बनाउन खोजे । आफ्नो पार्टीको घोषणा पत्रभन्दा राम्रो अरू केही हुँदैन भन्ने मानसिकताका कारणा अन्तत: संविधान बनेन । त्यतिबेला एकजना मेरो कार्यक्रताले फोन गरेर भने–मलाई बोक्सीले साह्रै दु:ख दिएको छ । संविधानमा बोक्सी नलाग्ने व्यवस्था गरिदिनु पर्‍यो । उसको चिन्तन कस्तो हो, बोक्सीबारे मलाई विश्वास छैन । तर मान्छे हुने नहुने सबै कुरो त्यही संविधानबाट खोज्न थाले । आम मान्छेलाई आवश्यकताभन्दा बढी उत्तेजित बनाउने काम गरियो । संविधानमा न भए पनि जनताप्रति सधैँ सरकार र पार्टी जिम्मेवार हुनुपर्छ ।
म पनि पार्टीको मान्छे हुँ । ०२१ सालदेखि विद्यार्थी राजनीतिमा क्रियाशील छु । धेरैसँग संगत भयो, धेरैले चिने । आफ्ना कुरा राख्न सबै आउँछन् । निर्णय गर्ने ठाउँमा आफू नभए पनि मेरो कुरा सुन्ने साथीहरू निर्णय गर्ने ठाउँमा छन् । त्यसैले उनीहरूको कुरा सुन्ने र सुझाव दिने गर्छु । कार्यक्रताका कुरा नसुन्ने हो भने त किन राजनीति गर्नू ? राजनीति गर्नेले अरूको कुरा सुन्नै पर्‍यो, सुन्छु । हामी विद्याथी हुँदा पञ्चायतबिरुद्ध आन्दोलन गर्ने शक्ति विद्यार्थी थिए । पहिलो पुस्ताका नेता कोही जेल, कोही निर्वासनमा थिए । जे गर्नु थियो, हामीले नै गर्‍यौँ । त्यति बेलाको खालि ठाउँ भर्ने काम गर्‍यौँ । त्यो हाम्रा लागि सौभाग्य पनि थियो । राजनीति भावनाले गर्ने हो । चाहेर सबै कुरा हुँदैन । हामी राजनीतिमा लाग्दा धेरै जोखिम थियो, तिनै जोखिमका बीचमा सबै कुरा छोडेर लाग्यौँ । राजनीति देशको यो मूलनीति र कठिन यात्रा हो जसलाई आफैले रोजेको हुँ । सबैले अवसर र निर्णायक ठाउँमा जान पाउँदैनन् ।
राजनीतिलाई आफ्नो जीवन बनाएर हिँड्नेको जिन्दगी आफ्नो हातमा हुँदैन । सबै कुरा चाहेर पनि धेरै केही गर्न सकिँदैन । पार्टीको व्यक्ति हुन्छ, जहाँ बोलाउछन् जानै पर्छ । गाली गर्छन, सुन्नै पर्छ । सोधेको प्रश्नको जवाफ दिनै पर्छ । तर, अगाडि पर्दा आवश्यकताभन्दा बढी प्रशंसा गर्ने, पछाडि गाली गर्ने र आफूले सक्दो सहयोग र विश्वास गरेकाले धोका दिँदा भने अत्यन्त दु:ख लाग्छ ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया