प्रशिक्षणमा फिर्ता हुन्न : फर्गुसन

Alex-Forgusonकाठमाडौं : म्यानचेस्टर युनाइटेडका महान् प्रशिक्षक सर एलेक्स फर्गुसनले कुनै पनि हालतमा फेरि प्रशिक्षणमा नफर्कने बताएका छन् । फर्गुसनले एक दशकअगाडि चेल्सीका धनाढ्य रोमन इब्रभोमिचले प्रशस्त रकम देखाएर आफ्नो ध्यान तान्ने कोसिस गरे पनि उनी असफल भएको बताए । २६ वर्षसम्म म्यानचेस्टर युनाइटेडलाई प्रशिक्षण दिएर गत सिजनको अन्त्यमा फर्गुसनले सन्यास घोषणा गरेका थिए । उनले २६ वर्षको अवधिमा सर्वाधिक १३ प्रिमियर लिग उपाधिसहित ३८ वटा प्रमुख उपाधि जिताएर म्यानचेस्टर युनाइटेडलाई विश्वकै शक्तिशाली क्लब बनाए । युनाइटेडले उनको सन्यासपछि डेभिड मोयसलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । एर्भटनलाई राम्रो नतिजा दिलाएका प्रशिक्षक डेभिड मोयसले म्यानचेस्टर युनाइटेडमा भने अपेक्षा गरेजस्तो नतिजा निकाल्न सकेका छैनन् । सुरुआती ६ खेलमध्ये तीन खेल गुमाएको युनाइटेड अहिले अंकतालिकाको १२औँ स्थानमा सीमित छ । अमेरिकी टेलिभिजन पिबिएसलाई अन्तरवार्ता दिँदै भने मोयसको प्रशंसा गरेका छन् । ‘फर्गुसनले राम्रो गर्नेछन्, उनी राम्रो प्रशिक्षक हुन् । त्यसैले युनाइटेडले जति खर्चिए पनि म फिर्ता हुनेवाला छैन ।’ फर्गुसनले थपेका छन्, ‘मेरो समय सकिएको छ । मैले निर्णय पनि लिइसकेको छु । सही समयमा सही निर्णय लिएका कारण अहिले म खुसी छु ।’ फर्गुसनले युनाइटेडको नतिजालाई लिएर हतोत्साही हुनुपर्ने अवस्था पनि नआएको बताए । चेल्सीका मालिक रोमन अब्रोभोमिचले सन् २००३ मा युनाइटेड छाडेर आउन प्रस्ताव राखेको खुलासा पनि फर्गुसनले गरे । ‘उनले एजेन्ट प्रयोग गरेका थिए । तर, मैले कुनै संभावना छैन भनिदिएँ,’ फर्गुसनको प्रतिक्रिया छ । (सौस)

प्रतिक्रिया