कोकाकोला कप वीरेन्द्र सैनिकलाई

Coca-colaसैनिक आवासीय स्कुलले कोककोला कप अन्तरस्कुल फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । दशरथ रंगशालामा भएको फाइनलमा कैलालीको कर्मेश्वर माविलाई हराउँदै २–१ ले सैनिकले लगातार चौथोपटक उपाधि जितेको हो । खेलको सुरुआतमै गरेको दुई गोल आर्मीलाई चौथोपटक उपाधिसम्म डोहोर्‍याउन काफी रह्यो ।
आर्मीबाट विकास आलेले दोस्रो मिनेटमै गोल गरेका थिए । लगत्तै प्रकाश थापाले अर्को गोल थपेपछि आर्मीले अग्रता दोब्बर पार्‍यो । त्यसयता खेलमा फर्कन संघर्षरत कर्मेश्वरका लागि ६७औँ मिनेटमा सुरेशकुमार चौधरीले एकमात्रै गोल फर्काए । राष्ट्रिय खेलकुद परिषद्को समन्वय र बोटलर्स नेपाल प्रालिको प्रायोजन तथा अखिल नेपाल फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको महिलातर्फको उपाधि जनज्योति मावि रौतहटले जित्यो ।
जनज्योतिले फाइनलमा दिपज्योति विद्याश्रम बाँकेलाई ४–१ ले हराउँदै उपाधि जितेको हो । जनज्योतिबाट मिथिला कुश्वार र रविना गोलेले २–२ गोल गरेका थिए । दिपज्योतिबाट एकमात्रै गोल गिता रानाले फर्काइन् ।् प्रतियोतिामा छात्रातर्फको विजयी जनज्योति उच्च मावि रौतहटले नगद दुई लाखका पुरस्कार जित्दा उपविजेता दिपज्योति विद्याश्रम बाँकेले नगद एक लाखमै चित्त बुझायो ।
यस्तै, तेस्रो हुने टप्स उच्च मावि कास्कीले नगद पचास हजार तथा चौथो हुने एप्पल एकेडेमीले नगद २५ हजार रुपियाँ जित्यो । त्यसैगरी, छात्रतर्फको विजेता सैनिक आवासीय महाविद्यालय भक्तपुरले नगद तीन लाख हात पार्दा उपविजेता दिपज्योति विद्याश्रम बाकेले नगद एक लाख ५० हजार चित्त बुझायो । त्यस्तै, तेस्रो हुने क्रियटिभ लनर्स एकेडेमीले नगद ७५ हजार तथा चौथो हुने एप्पल एकेडेमीले नगद रु ५० हजार प्राप्त गर्‍यो । छात्रतर्फ सैनिक आवासीयका विकास आले तथा छात्रातर्फ टप्स स्कुलकी विमला चौधरी सर्वाधिक उत्कृष्ट खेलाडी चुनिए । सर्वोत्कृष्ट घोषित दुवै खेलाडीले जनही नगद १० हजार प्राप्त गरे ।

प्रतिक्रिया