सहमति विना हुने चुनावले नयाँ द्वन्द्व : लेखी

Raj-Kumar-Lekhi-Taplejungकाठमाडौं, १५ असोज । राजकुमार लेखी नेतृत्वको राष्ट्रि्रय नागरिक पार्टीले विपक्षी दलहरुलाई निर्वाचन प्रक्रियामा सहभागी हुने वातावरण नबनाई चुनाव गरिए मुलुक नयाँ द्वन्द्वमा फस्न चेतावनी दिएको छ ।
अध्यक्ष लेखीले आज (मंगलबार) विज्ञप्ति जारी गरेर यथाअवस्थामा हुने चुनावले कुनै हालतमा उपयुक्त निकास नदिने बताए । ‘जुन उद्देश्यले चुनाव गर्न लागिएको छ, यथाअवस्थामा चुनाव गरिए उद्देश्य पुरा हुँदैन,’ उनले भने ।
चुनावमा जानु अघि सबै दलहरुलाई सहभागी हुने वातावरण बनाउन उनले माग गरेका छन् ।
‘अहिलेको सन्दर्भमा निर्वाचनको मिति केही दिन पछाडि सारेर भएपनि सार्थक चुनावको वातावरण बनाइनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया