‘चुनावको कुनै औचित्य छैन’

Kirat-Rai-Patrakarधरान, १५ असोज । मंसिर ४ गते हुने भनिएको संविधानसभा चुनावको कुनै औचित्य नहुने धारणा व्यक्त गरिएको छ । किरात राई पत्रकार संघ सुनसरीको सातौँ स्थापना दिवसको अवसरमा आयोजित ‘दोस्रो संविधानसभा निर्वाचनको औचित्य’ विषयक अन्र्तक्रिया कार्यक्रमका वक्ताहरूले उक्त विचार व्यक्त गरेका हुन् । उनीहरूले संविधानसभा निर्वाचनको गर्नुको कुनै औचित्य नभएको भन्दै ४ मंंिसरमा संविधानसभाको चुनाव कुनै पनि हालतमा नहुने ग्यारेन्टीसमेत गरे ।

उक्त कार्यक्रममा वरिष्ठ पत्रकार भवानी बरालले निर्वाचन गराउने हालको प्रक्रिया विधिसम्मत नभएको बताउँदै यस प्रक्रियाबाट चुनाव भए पनि संविधानसभा भने नबन्ने बताए । उनले नेपाली परिवेशको संविधान निर्माणका लागि चुनावको प्रक्रियालाई सच्याउनुपर्ने सुझाव दिए ।
त्यसैगरी, कार्यक्रममा नेकपा–माओवादीका कोचिला राज्य सचिवालय सदस्य रामप्रसाद किरातीले कराडाँै रुपियाँ
खर्च गररे चुवान गराउनुको कुनै औचित्य नरहको बताए । उनले जनताहरू गरिबीको कारण खान नपाउने अवस्थामा भएको तर नेताहरू भने कराडाँै रुपियाँ खर्च गरेर संविधानसभाका लागि चुनाव गराउन लागेको आरोप लगाए । उनले पहिलाको संविधानसभा पनि नेताहरूले हुस्कीको चुस्की लगाएर नै पैसा सिद्धाएर आरोप लगाए । अहिलेको चुनाव पनि जनतालाई फेरि ठग्ने प्रविधि बनाएको बताए ।
कार्यक्रमाा संघीय समाजवादी सुनसरी उपाध्यक्ष पारस काङमाङ राईले पनि संविधानसभा चुनावको कुनै पनि औचित्य नरहेको बताए । उनले निर्वाचनभन्दा पनि निर्वाचनवाट बन्ने संविधानसभा कस्तो बन्ने भन्ने विषय महत्त्वपूर्ण भएको बताए ।

 

प्रतिक्रिया