काठमाडौं : राष्ट्रिय किक बक्सिङ नेपालका महासचिव एवं प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ सोमबार सम्मानित भएका छन् । २०३९ सालदेखि करातेको विकास र विस्तारमा सक्रिय श्रेष्ठलाइ्र्र रविभवनस्थित इकेडा इन्टरनेसनल स्कुलले सम्मान गरेको हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं प्रजातन्त्र सम्बद्र्धन केन्द्रका अध्यक्ष जगदीशचन्द्र पोखरेलले दीपकलाई सम्मानपत्र प्रदान गरी सम्मान गरे । कार्यक्रममै प्रशिक्षक रमेश नेपाली र राजेन्द्र लामिछानेलाई पनि सम्मान गरिएको थियो । निर्णायकहरू राजु बजीको, वद्री खत्री र दिवस श्रेष्ठलगायत १० जना पनि सम्मानित भए ।
प्रतिक्रिया