बक्सिङ टोली काजाकिस्तान प्रस्थान

काठमाडौं, १२ असोज । विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित प्रशिक्षक ओम मास्के शुक्रबार काजाकिस्तानको अल्माटीतर्फ लागेका छन् । प्रतियोगिता सुरु हुनअघि नेपाली टिमले ‘रोड टु ड्रिम’अन्तगर्त बक्सिङ प्रशिक्षणमा सहभागिता जनाउनेछ । ११–२७ अक्टोबरसम्म हुने प्रतियोगितामा दीपक महर्जन, दिनेश श्रेष्ठ र दीपक श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाली टिमको प्रशिक्षकमा ओम मास्के छन् । प्रतियोगितामा दीपकले ८१ तथा दिनेशले ५६ केजीमा चुनौती पेस गर्नेछन् । ६४ केजी तौल समूहका प्रत्यासी दीपक श्रेष्ठले भने सोझौ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । उनीसहित व्यवस्थापक अर्जुनबहादुर केसी केही समयपछि मात्रै अल्माटी जाने कार्यक्रम छ ।

प्रतिक्रिया