अन्तरकलेज वालक्लाइम्बिङ सुरु

Rock-Climbing4काठमाडौं : दोस्रो अन्तरकलेज वाल क्लाइम्बिङ च्याम्पियनसिप बिहीबारबाट बालाजु औद्योगिक क्षेत्रभित्रस्थित एडभेन्चर ट्ेरनिङ सेन्टरमा सुरु भएको छ । ३४औँ विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को अवसरमा सुरु गरिएको प्रतियोगितामा ३५ टिमका ९१ खेलाडी सहभागी छन् । सहभागी खेलाडीको पहिलो दिनको प्रतिस्पर्धासँगै पुरुषतर्फ २२ जना सेमिफाइनलमा पुगेका छन् भने महिलातर्फ नौ खेलाडी सेमिफाइनलमा पुगेका छन् । प्रतियोगितामा पुरुषतर्फ ७८ खेलाडी र १३ जना महिला खेलाडीको सहभागिता रह्यो । नेपाल पर्वतीय खेलकुद महासंघले विश्व पर्यटन दिवस साप्ताहिक रूपमा मनाउने क्रममा महासंघको तत्त्वावधानमा रक क्लाइम्बिङ एसोसिएसनले तीनदिने प्रतियोगिता गरेको हो । प्रतियोगिताको महासंघका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले उद्घाटन गरे । (सौस)

प्रतिक्रिया