सवारीसाधान अभावमा सास्ती

मुगु : मुगुमा यातायातका कुनै पनि साधन सञ्चालन नहुादा दसौतिहारजस्तो चाडपर्वमा जिल्लामा भित्रने र बाहिरिने यात्रुलाई समस्या भएको छ ।
जिल्लाको ताल्चा विमानस्थलको स्तरोन्नति र पानी परेर धावनमार्ग हिलो भएको भन्दै रारा नागरिक उड्डयन कार्यालयले गत जेठ अन्तिम साताबाट हवाई उडान बन्द गरेको छ भने वर्षाकै कारण मुगु जोड्ने नाग्म गमगढी सडक भत्किएर अवरुद्घ भई गाडी सञ्चालन रोकिएपछि जिल्लावासीलाई समस्या भएको छ ।
अहिले जिल्लामा आउने र बाहिरिने यात्री दुई दिन हिाडेर छिमेकी जिल्ला जुम्ला र बाजुरा गई चर्को भाडा तिरी जहाज चढ्न बाध्य छन् । हवाई उडान र धावनमार्गको स्तरोन्नतिबारे बुझ्न रारा नागरिक उड्डयन कार्यालयमा पुग्दा कार्यालयमा ताला लगाइएको पाइयो । जहाज नचल्ने भएपछि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराई सो कार्यालयका प्रमुख भीमदत्त पन्त गत असारको पहिलो साता मुगुमा विमानस्थल सञ्चालन नआएसम्मका लागि काजमा गएको उल्लेख गर्दै विमानस्थल निमार्णको जिम्मा लिएको मृत सञ्जीवनी कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि राजु बर्तौलाले धावनमार्गको काम सकिएको जानकारी गराए ।
रारा नागरिक उड्डयन कार्यालयका प्रमुख पन्तले परीक्षण उडान गर्ने जानकारी गराएकाले मौसम अनुकूल भएमा यो महिनाको दोस्रो साताबाट यात्रुलाई सहजता हुने प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताए । उता गत वर्ष पुस १ गते तत्कालीन प्रधानमन्त्री डा.बावुराम भटराईले मुगुमा मोटर बाटोको उद्घाटन गरेपनि उद्घाटन भएको ६ महिनामा यहाा लगातार तीन महिना मात्र गाडी चलेको छ  । वर्षाको पानीले मुगु जोड्ने कर्णाली राजमार्गको नाग्म गमगढी सडकअन्तर्गत गोठी जिउला गमगढी खण्डको ठााउ ठााउमा पहिरो जाादा गत जेठ महिनाबाट यातायात बन्द छ । सडक उद्घाटन हुादा जुन उत्साह मुगालीमा थियो त्यो अहिले हराउादै जान थालेको छ ।
मध्यपश्चिम डिभिजन सडक कार्यालय नं ४ का कार्यालय प्रमुख भानु जोशी नाग्मादेखि गमगढी सडकखण्डमा गएको पहिरो हटाउन यही असोज १७ गतेसम्म काम सम्पन्न गर्ने गरी ठेकेदारसाग सम्झौता भई पहिरो हटाउने काम भैरहेको बताउछन ।

प्रतिक्रिया