अखिल अध्यक्षमा मल्ल

akhilकाठमाडौं, ११ असोज । अनेरास्ववियुको २१औँ महाधिवेशनले किशोरविक्रम मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बिहीबार सम्पन्न मतगणना परिणामअनुसार मल्लले लम्साललाई ६३ मतको अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । मल्लले ५ सय ८६ मत पाएर विजय भएका हुन् । उनका प्रतिद्वन्द्वी लम्सालले ५ सय २३ मत ल्याएका छन् । मल्ल अखिका निवर्तमान महासचिव र लम्साल निवर्तमान उपाध्यक्ष हुन् । मल्ललाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र केपी शर्मा ओली तथा लम्साललाई पार्टी अध्यक्ष झलनाथ खनालको सर्मथन रहेको थियो ।

। उपाध्यक्षमा ऐन महर, थोमस बाँस्तोला र दीपक गौतम निर्वाचित भएका छन् । महर मल्ल प्यानलका हुन् भने बाँस्तोला र गौतम लम्साल समूहका हुन् । उपाध्यक्षमा बचनबहादुर सिंह, सरोज यादव, ध्रुव राई, सिपी धर्ती र राजकुमार राई पराजित भएका छन् ।
महासचिवमा लम्साल प्यानलकी नवीना लामा निर्वाचित भएकी छिन् । उनले मल्ल प्यानलकी रचना खड्कालाई पराजित गरेकी हुन् । लामा निर्वमान उपाध्यक्ष हुन् भने खड्का सचिव हुन् । यसैगरी सचिवमा महेश बर्तौला, अब्दुल हुसेन, राधिका खतिवडा, भक्तकुमारी लामा र सरोज यादव निर्वाचित भएका छन् । बर्ताैला र यादव मल्ल प्यानलका र हुसेन, लामा र खतिवडा लम्साल समूहका हुन् । सचिव पदमा कमल बस्नेत, दीपा शर्मा जवारीलाल अन्सारी, बाबुराम पन्थी र विवेक श्रेष्ठ पराजित भएका छन् ।
कोषाध्यक्षमा रश्मि आचार्यले मत ल्याउँदै निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी गुणराज आचार्यले मत ल्याएका छन् । रश्मि मल्ल प्यानलका हुन् ।
अध्यक्षका दाबेदार नवराज पौडेलले मल्ललाई समर्थन गरेपछि मल्ल बलियो भएका थिए । पार्टी कार्यालय बल्खुमा बुधबारबाट सुरु भएको मतगणना बिहीबार साँझ मात्र सकिएको हो । अखिलको मतगणना ३० घन्टा लगाएर गनिएको थियो । विधानसम्मेलन साउनमा गरिसकेको अखिलले नयाँ नेतृत्व चयनका लागि गरेको महाधिवेशन एक हप्तासम्म सञ्चालन भएको थियो । मतगणनामा विवाद भएका कारण दुई दिनपछि मात्र सुरु भएको थियो । अखिलमा १ हजार ४ सय ७९ मतदातामध्ये १ हजार ४ सय ४५ प्रतिनिधिले मतदान गरेका थिए । विवादका कारण अखिलको महाधिवेशन ८ दिनसम्म चलेको थियो । अघिल्लो बिहीबारबाट वाल्मिकी क्याम्पसमा उद्घाटन भएको अखिलको महाधिवेशन बन्दसत्र प्रज्ञा प्रतिष्ठान कमलादी, मतदान राष्ट्रियसभा गृह र मतगणना पार्टी कार्यालय बल्खुमा बिहीबार राति सम्पन्न भएको थियो । अखिलमा यतिधेरै लामो समयसम्म चलेको यो पहिलो महाधिवेशन हो ।
लेखा आयोगमा नीलकण्ठ आचार्य र अनुशासन आयोगमा मेनुका पछाईंले जितेका छन् । महाधिवेशनले ११ पदाधिकारी सहित ४५ सचिवालय सदस्य र १ सय ३५ केन्द्रीय सदस्य चयन गरेको छ ।

प्रतिक्रिया