काठमाडौं, १० असोज । राष्ट्रपति डा.रामवरण यादवले दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी गृह एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलाई दिएका छन् ।
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाने भएपछि उनको जिम्मेवारी घिमिरेलाई दिईएको राष्ट्रपतिको कार्यालयद्वारा आज (बिहीबार) जारी विज्ञप्तिमा उल्लेख छ ।
विरोध हुँदाहुँदै पनि अध्यक्ष रेग्मी महासभामा भाग लिन अमेरिका जाँदै छन् । उनको अनुपस्थितिमा सरकारको दैनिक कार्य सञ्चालन घिमिरेले गर्ने छन् ।
प्रतिक्रिया