कराते टोली भुटान प्रस्थान

karanteकाठमाडौं, १० असोज । दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली कराते टोली बुधबार भुटानको थिम्पुतर्फ लागेको छ । सेप्टेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपालका १६ पुरुष र १२ महिला खेलाडी सहभागी हुँदै छन् ।

प्रतियोगिताअन्तर्गत पुरुषको ५० केजीमुनि सोनाम लामा, ५५ केजीमुनि विष्णु श्रेष्ठ, ६० केजीमुनि मिलन नेपाली, ६७ केजीमुनि विनोद महर्जन, ७५ केजीमुनि लेखनाथ मैनाली, ८४ केजीमुनि भीमबहादुर तामाङ तथा ८४ केजीमाथि दिगम्बरप्रसाद पन्तले प्रतिस्पर्धा गर्नेछन्् ।
त्यस्तै, पर्शुराम बाँस्तोलाले एकल काता तथा गणेशबहादुर थिङ, मन्डेकाजी श्रेष्ठ र केदारबहादुर सिम्खडाले समूहगत कातामा सहभागिता जनाउनेछन् । टिम कुमुतेमा विकास मोक्तान छेसाङ शेर्पा, राम तामाङ, लक्ष्मण तामाङ र गोपीराम घले छन् । महिलाको ४५ केजीमुनि उर्मिला डिसी, ५५ केजीमुनि सपना लामा, ६१ केजीमुनि सुनीता महर्जन, ६७ केजीमुनि रीता कार्की, ७५ केजीमुनि कल्पना बस्नेत र ७५ केजीमाथि निर्मला राईले प्रतिस्पर्धा गर्नेछन् । एकल कातामा चञ्चला दनुवार तथा समूहगत कातामा सुभद्रा श्रेष्ठ, संगीता डंगोल र सुमन लामाले खेल्नेछन् ।
जुनियरको ४० केजीमुनि साङ छिरिङ लामा र ५० केजीमुनि सुनीता लामाले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा महेशकुमार श्रेष्ठ, राजेन्द्र कपाली र गंगाराम महर्जन, व्यवस्थापकमा मजेन्द्र सिंह र निवासगोपाल वैद्य, अफिसियलमा राजेन्द्र क्षेत्री तथा निर्णायकमा राजु महर्जन, मिलनराज प्रसाईं, योगबहादुर राई र विक्रम लामा छन् ।

प्रतिक्रिया