जनमोर्चाको उम्मेदवार चयन

काठमाडौं, १० असोज । राष्ट्रिय जनमोर्चाले संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५० जना उम्मेदवारको नाम आज सार्वजनिक गरेको छ । मोर्चाका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा मंगबलार बैठकले उम्मेदवारको नामावली सार्वजनिक गर्ने निर्णय गरेको हो ।

मोर्चाले लालबहादुर जाग्री (डडेलधुरा क्षेत्र नं. १), मनोज भट्ट (मनिराज भट्ट (डोटी क्षेत्र नं. २), राजबहादुर चौधरी (कञ्चनपुर क्षेत्र नं. १), कौशिलादेवी बोगटी (बैतडी क्षेत्र नं. २), नन्दराज भट्ट (कैलाली क्षेत्र नं. ५), खडकबहादुर राना थारू (कैलाली क्षेत्र नं. ६), कल्पना भण्डारी (बझाङ क्षेत्र नं. १), हर्कबहादुर रोका (डोल्पा), राजबहादुर भाम (मुगु), अग्निराज उपाध्याय (जुम्ला) र बालकुमारी आचार्यलाई (बाँके क्षेत्र नं. १) बाट उम्मेदवार बनाएको छ ।
त्यसैगरी, निर्मला अर्याल (बर्दिया १), कृष्णकुमारी रावल (सुर्खेत २), मयाराम अधिकारी (दैलेख १), भरतबहादुर शाही (दैलेख २), जयकृष्ण सन्ज्याल (कालिकोट), आशा बुढामगर (रुकुम १), ओमबहादुर क्षेत्री (दाङ १ र शशिधर भण्डारी (दाङ २) मा उम्मेदवार चयन गरेको छ । यसैगरी, कृष्णबहादुर खड्का (प्युठान १), बोमहादुर खत्री (प्युठान २), जमानसिंह राना (गुल्मी १), सोमकुमार कार्की (पाल्पा ३), शिव पौडेल (कपिलवस्तु १), इन्दल केवट (रूपन्देही १), गणेश गौतम (रूपन्देही ५), होमनाथ आचार्य (नवलपरासी १), विकाराम चौधरी (नवलपरासी ३), तीर्थसिंह थापा (बाग्लुङ १) र राजेन्द्र ढुंगानालाई (बाग्लुङ २) बाट उठाउने निर्णय गरिएको छ ।
त्यस्तै, धर्मबहादुर कुँवर (बाग्लुङ ३), राजेन्द्र गैरे (स्याङ्जा २), शंकरप्रसाद बराल (कास्की ४), घनश्याम खनाल (काठमाडौं १), गोविन्दबहादुर थापा (काठमाडौं ४), रामबाबु फुयाल (काठमाडौं ७), लक्ष्मण उप्रेती (सिन्धुपाल्चोक १), शिवहरि खनाल (भक्तपुर २), दीपाराम महर्जन (ललितपुर ३), राजेन्द्र श्रेष्ठ (रामेछाप २), लक्ष्मण विष्ट (मकवानपुर २) र वीरबहादुर गोलेलाई (रौटहट ६) उम्मेदवार चयन गर्‍यो । सन्तबहादुर विक (सिन्धुली ३), निष्णुकुमार थिङ
(सर्लाही २), कुलबहादुर रोका
(मोरङ ३), कोमलकुमारी ढकाल (तेह्रथुम १), ऐराखमान लिम्बु (धनकुटा २), कमला तामाङ
(सुनसरी १), सन्तबहादुर नेपाली (अर्घाखाँची १) र शेरबहादुर बिसीलाई (अर्घाखाँची २) बाट उम्मेदवार खडा गरिएको छ ।

प्रतिक्रिया