रौतहट, १० असोज । बिबाहमा दाईजो कम दिएको भन्दै रौतहटमा एक महिला घरबाट निकालिएककी छन् ।
सखुअवाधमौरा–९ का हिमताज मन्सुरीले बिबाहमा दाइजो नपाएको भन्दै श्रीमतीलाई घर निकालेका हुन् । १ असोजमा कुटपिट गरी मार्ने उद्देश्यले जीउमा आगो लगाउने प्रयाससमेत गरेको भन्दै मन्सुरीकी श्रीमती अजमेस खातुनले न्यायको लागि महिला बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी छन् ।
मुस्लिम परम्पराअनुसार २०६३ सालमा बिबाहको कुरा छिनोफानो गरी २०६८ मा घर भित्र्याएकोमा श्रीमानसहित घरका सासु ससुराबाट समेत अपहेलित भई घर निकाला गरेको खातुनको भनाइ छ । परिवारले कुटपिट गरी घरनिकाला गरेपछि माइतीमै बसेर उपचार गर्दै आएको पीडितको उजुरीमा उल्लेख छ । श्रीमानले बिबाह दर्ता र नागरिकता प्रमाणपत्र समेत नबनाइदिएको उनले जनाएकी छन् । सेवा केन्द्रका प्रमुख प्रहरी नायब निरीक्षक गीता रानाभाटले पीडितले उजुरी दिएकाले यस विषयमा कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिइन् ।
प्रतिक्रिया