राजावादी पार्टीमा जाँदा भुवन केसी ‘विरामी’

Bhuwan-kcकाठमाडौं, ९ असोज । नायक भुवन केसी अचानक विरामी परेपछि राजसंस्था समर्थक ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)’मा प्रवेश गर्ने कार्यक्रम बिथोलिएको छ ।
मंगलबार राप्रपा नेपालका अध्यक्ष कमल थापा र प्रदाधिकारीसँग वार्ता गरेर गएका नायक केसी पार्टी प्रवेशको कार्यक्रममा आएनन् । पूर्व निर्धारित कार्यक्रम अनुसार आज (बुधबार) एक बजे नायक केसीले अध्यक्ष थापासँग सदस्यता लिने कार्यक्रम थियो ।
प्रचार विभाग प्रमुख राजाराम श्रेष्ठले पार्टी प्रवेश गर्ने भनेर कार्यक्रम राख्न लगाएका भुवन केसी अचानक विरामी भएको खबर आफूहरुलाई आएको जानकारी दिए ।
‘भुवन केसीज्यूले आज (बुधबार) प्रवेश गर्छु भनेर कार्यक्रम राख्न लगाएर जानु भएको थियो,’ उनले भने, ‘आजै अचानक विरामी पर्नु भएछ ।’
नायक केसी विरामी पर्नुमा राप्रपा नेपाल सशंकित छ । ‘राजनीतिक कारणले हो की साँच्चैको विरामी भएका हुन् थाहा छैन,’ स्रोतले भन्यौ ।
एमालेले आगामी चुनावमा टिकट दिन नपत्याए पछि नायक केसी रुष्ट भएका थिए । उनले सोही आक्रोशमा मंगलबार राप्रपा नेपालका अध्यक्ष कमल थापासँग वार्ता गरेर प्रवेशको कार्यक्रम राख्न लगाएका हुन् ।
नायक केसी २०६७ सालमा बल्खुस्थित पार्टी कार्यालयमा टीका लगाएर एमाले बनेका थिए । स्क्याण्डल गर्न माहिर नायक केसीलाई एमाले शीर्ष नेतृत्वबाट पार्टी नछाड्न दवाव आएको स्रोतको भनाई छ ।
यसैबीच, एमाओवादी निकट पत्रकार पदम ठकुराठी, जर्नादन आर्चाय, धनकुटा नगरपञ्चायतका भूतपूर्व प्रमुख मोहन पोखरेल, कलाकार शैलजा पाण्डे, उत्तम राई, सीता खड्कालगायतका भने राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया