सनकले निम्त्यायो समस्या

Ballatoliएजेन्सी । इटलिका सन्काहा फुटबलर मारियो बालाटेली फेरि विवादमा तानिएका छन् । यसअघि सन्काहा प्रवृत्ति देखाएकै कारण म्यानचेस्टर सिटीमा अटाउन नसकेका बालाटेली एसी मिलानमा पनि आफ्नो छवि सुधार्न असफल छन् । भर्खरै मात्र उनीमाथि तीन खेलको प्रतिबन्ध लागेको छ । नेपोलीले एसी मिलानलाई २–१ ले हराएको खेलमा बालाटेलिले रेफ्रीलाई दुव्र्यवहार गरेका थिए । खेलको अन्तिम सिट्टी बज्नुअघि एसी मिलानका फरवार्ड बालटेलिले नेपोलीका भालोन बहरामीसँग झगडा गरेपछि उनलाई रातो कार्ड देखाइएको थियो । त्यस क्रममा उनले  अफिसियलसँग समेत वाद–विवाद गरेका थिए । इन्जुरी समयमा गोल गर्नुअघि बालाटेलिले पेनाल्टीसमेत चुकाएका थिए । बालाटेलिले आफ्नो व्यावसायिक जीवनमा पहिलोपटक पेनाल्टी खेर फालेका हुन् । यसअघि उनले गरेका २१ प्रहारले गोलपोस्टको जाली चुमेको थियो । बालाटेलीको प्रतिबन्ध फिर्ता नभए उनले बोलोन्गा, साम्पडोरिया र युभेन्टस्विरुद्धको म्याच गुमाउनेछन् । पटक–पटक विवादमा आइरहने बालाटेली यसअघि इंलिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा छदा पनि थुप्रैपटक प्रतिबन्धमा परेका थिए ।

प्रतिक्रिया