नजिकिँदो चाड र अन्योलग्रस्त देश

Shivaraj-Bhandariवर्षादका रुन्चे बादलहरू फाटिसकेका र फाट्ने क्रममा छ । मौसम क्रमश: सफा हुँदै गरेको छ र जसले आमन्त्रण गरिरहेको छ शरत्कालीन पर्वहरू । नेपालीहरूले लामो समयसम्म हर्षोल्लासले मनाउने प्रमुख चाड दसँै २०७० संघारमा उभिएको छ । दसँैलाई खास गरी असत्यउपर सत्यको जितका रूपमा अंगीकार गरिँदै आएको छ । असत्यउपर सत्यको जित हुनै पर्छ । यदि, त्यसो हुन सकेन भने संसारको गति उँधोतर्फ ओरालो लाग्छ, अराजकताको राज हुन्छ । मुठीभरका असत्यका धर्मीहरूले आफ्नो आधिपत्य जमाउनेछन् । त्यसो त सत्यको विजय खातिर यो युगमा पनि स्तुति–स्तोत्र ध्यान, पाठ–पूजा एवं बलिजस्तो तथाकथित ढुंगे मान्यताको ढोङमा रुमल्लि नै रहेको छ । हामीले सत्यको दुहाइ दिँदै उत्सव पर्व चाडजति परापूर्वदेखि सफलीभूत गराउने चर्चा अनि महिमा गाए पनि व्यवहारमा असत्यको जित प्रारब्धदेखि नै गरिब सर्वहारा मजदुरको जीवनवृत्तिमाथि परेको थियो र वर्तमान समयमा पनि परिरहेको छ । वैभव/ऐश्वर्य र विलासितामा परापूर्वदेखि नै सत्य हुनेखाने वर्गको गुलाम बनेको वास्तविकता हामीले रामायण गीता महाभारतजस्ता ग्रन्थमा समेत पाउँछौँ ।
यति नै बेला संघारमै दसैँ आएर केही दिन बास बस्ने तर्खरमा लागिसकेको छ । युगौँदेखिको एउटा परम्परा दसैँ । समय–पर्यावरण–मौसमका अतिरिक्ति पारिवारिक भेटघाटका र आफन्तजनसँगको मिलनका हिसाबले जति सार्थक र औचित्यपूर्ण छ । ढोल बजाउँदै शासकहरू अजंगको हात्ती सर्वहाराको गोठ–झुप्रोमा हुलिदिन्छन् र ऋण बोकाउँदै शोषितहरू दसैँ धपाउँछन् । आडम्बर देखासिकी सामाजिक जीवनलाई तत्काल प्रभाव पार्ने तत्वमध्येको प्रमुख हो । विशेष गरेर साना उमेरका केटाकेटीका कारण पनि देखासिकीले प्रश्रय पाएको हुन्छ । बेमेलको समाजमा सीमित धनाढ्यहरूको शैली अनुकरण गर्न खोज्नु गरिबको रहरभन्दा बाध्यता बन्छ । त्यही बाध्यताले गर्दा दसैँको अपव्याख्या भएको हुनुपर्छ । स्वाभाविकै के हुन्छ भने पारिवारिक र आफन्तजनसँगको भेटघाट मौसमको अनुकूलता आदिले निम्त्याउने सुखदमा खानेकुरा पनि विशेष नै बन्छ । यस्तै–यस्तै विशेषताले विलासिता निम्त्याउँछ औकातको जोहोलाई अर्काको देखावाले जितिदिन्छ र आर्थिक भारले गाँजिदिन्छ ।
हामी सबैको एउटै खाले जीवनधारा छैन । सबै जना परिवारको आफन्तको वरिपरि रहेर कमाइ गरिराखेको आनन्द पनि छैन । अनि नेपालका धेरै ठाउँ सर्वसुलभ बजार पनि होइन । पैसा भए पनि भौतिक वस्तु किन्न नपाइने दुर्गम धेरै छन् । अझै पनि लाखाँै परिवार पेटभरि मासुभात खाने दिन गन्ने गर्छन् । यही दसैँका बेलामा चामलको गेडो देख्न नपाउनेहरूको जत्था पनि ठूलै छ । के मनोरञ्जनका हिसाबले पुरुष केन्द्रित ज्यादा र नारीलाई दसँै दिन दशाका प्रहर होइनन् आमूल राज्य पुन:संरचनामा लागिपरेको मुलुकमा दसैँले दलितहरूलाई बढी उत्पीडित तुल्याएको हुन्छ । काटमार गर्ने हतियार होस् कि नयाँ कपडा सिलाउने काम– कामको असली दाम स्वरूप आज पनि देशका अधिकांश ठाउँमा उनीहरू पुच्छर र गर्धनको बाली उठाएर तिक्त वचन वाण सुन्न बाध्य छन् । हामी आधुनिक शिक्षित र २१औँ शताब्दीका सचेत मान्छे भन्छौँ तर मानवीयतामा आएको ह्रासलाई गणना गर्ने हो भने अझै ढुंगे युगमै छौँ । आफू शक्तिशाली बन्ने अभिलाषाले अन्धा भएका ल्वाँठहरूले स्थापित गरेको बलिप्रथा यथावत् नै छ । अवोध पशुलाई रेटेर पत्थरमा आत्मा खोज्नेहरूले शताब्दीको दुहाईलाई कंलकित तुल्याएका छन् । भातलाई भुजा भनेर ज्यूनार गर्नेहरू तर धान र गुन्द्री नदेखेकाहरू मान्छेलाई छि : गरेर कुकुरलाई चाट्ने समान्तहरूले नयाँ शैलीमा बलिप्रथालाई मजबुद गराएका छन् । कम्प्युटर सेट पूजा होस् कि मोटरसाइकल, साइकल, कारलगायत साधन हुन् यिनलाई बलि अर्पण गरेर दर्शाएको आदिमता अनुकरणतर्फ तीव्र छ । आर्थिक होडबाजी चलाएर सत्ता सञ्चालकले जनताको उपेक्षा गरेका छन् । राज्यकोषबाट भत्ता खाने र पसिना सुकिसकेपछि पनि पसिनाले मूल्य नपाउनेहरू बीचको बजारी दरभाउ एउटै छ । पैसा तिर्न सक्नेहरूले गर्दा अकासिएको दरभाउ राजनीतिक दलहरूलाई चन्दा दिएर बलिया र संरक्षित रहेका व्यापारीको प्रगति उन्नति मात्र मुखरित गर्ने पक्का छ, यसपटकको दसैँले पनि †
मूल चुरो राजनीति भन्छन् तर न देश दसैँ भनेर रमाउन सक्ने क्षणमा छ न त नागरिक । अर्थतन्त्र टाठ पल्टेको स्थिति छ, हिजोबाट बसको टिकट खुला गरिएको भनेको छ । यही कालोबजारी सुरु गरेका छन् । के छ यो देशमा खुसियाली मनाउनुपर्ने रौनक ? चुनावको विषयदेखि सेना हुँदै समग्र शान्तिप्रक्रिया अनि नयाँ संविधानको कुरा गर्दा त के अब कुनै दिन दसैँ भएर पनि आउला र नेपालीका आगनमा भनेझैँ भएको छ । महँगी र कालोबजारीको सिकार भएका छन् सर्व–साधारण । घर भत्काएर गुढ बनाउने सभ्यतातर्फ उन्मुख सामाजिक जीवनले परिवारको प्रेम र समर्पणमा समेत सन्दिग्धता थोपरेको छ । अन्धसिलसिला अन्योलको–अस्थिर राजनीति आँगनको चाड र तेलको भुटुन हालेर पेटभरि भटमासको मस्यौरा र भात खान नपाउने नागरिक । यस कारण अन्योल नै अन्योल ले भरिपूर्ण भएको देशमा चाडबाडको कुनै महत्त्व छैन ।

प्रतिक्रिया