विद्युत् खरिद सम्झौताको शुल्क बढने

neaकाठमाडौं, ८ असोज । नेपाल विद्युत् प्राधिकरणले २५ मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको बिद्युत खरिद सम्झौता (पिपिए)को शुल्क दोब्बर बढाउने तयारी गरेको छ ।

पीपीए कार्यविधि सिफारिश गर्न प्राधिकरण सञ्चालक लक्ष्मणप्रसाद अग्रवालको संयोजकत्वमा गठित कार्यदलले निवेदन दस्तुर वृद्धिको सिफारिश गर्न लागेको प्राधिकरण स्रोतले बतायो । कार्यदलले प्रतिवेदन अन्तिम चरणमा पुर्‍याएको छ । कार्यदलले १ मेगावाटका लागि ७५ हजार, ५ मेगावाटसम्मका लागि १ लाख ५० हजार, १० मेगावाटसम्मका लागि ३ लाख र २५ मेगावाटसम्मका लागि ४ लाख ५० हजार रुपैयाा पीपीए दरखास्त तोक्न सिफारिश गर्ने तयारी गरेको पनि समितीका एक अधिकारीले बताए ।
हाल प्राधिकरणले ५ मेगावाटसम्मका लागि ७५ हजार, ५–१० मेगावाटका लागि १ लाख ५० हजार र १०–२५ मेगावाटका लागि ३ लाख र २५ मेगावाटमाथि ४ लाख ५० हजार रुपैयाा लिने गरेको छ । कार्यदलले पीपीएको आवेदनसागै शुल्क तिर्नुपर्ने व्यवस्था गर्न पनि सिफारिश गर्न लागेको छ । पीपीए गर्ने प्रक्रियाको लागि लाग्ने खर्च भन्दै प्राधिकरणले शुल्क लिदै आएको छ । हाल आवेदन दर्ता भएर प्रक्रिया अघि बढेपछि ६० प्रतिशत र पीपीएको मस्यौदा स्वीकृत भएको र बााकी ४० प्रतिशत शुल्क तिर्नुपर्ने व्यवस्था छ ।
शुल्क वृद्धि हुने र अर्कोतर्फ पहिल्यै शुल्क बुझाउनुपर्ने व्यवस्थाले प्रवद्र्धकलाई वित्तीय भार बढ्ने भन्दै सम्बन्धित क्षेत्रका सरोकारवालाले त्यसको विरोध गर्दे आएका छन । क्षमता नभएका प्रवद्र्धकले पीपीए गरेर लगानीकर्ता खोज्दै हिंड्ने प्रवृत्ति रोक्न शुल्क बढाउन आवश्यक भएको सिफारिस कार्यदलले गरेको छ । प्रवद्र्धकले भने प्राधिकरण आफैंले पीपीएमा ढिलाइ गर्ने गरेको उल्लेख गर्दै पहिल्यै शुल्क बुझाउनुपर्ने नियम उचित नहुने बताएका छन् । सूचना प्रविधिको युगमा प्रोसेसिङग लागत घट्दै जानुपर्नेमा प्राधिकरणले उल्टो बढाउनु असान्दर्भिक हुने उनीहरुको तर्क छ । प्रवद्र्धकले पिपिए गर्दा प्रतिमेगावाट ६ लाख रुपैयाा कार्यसम्पादन जमानत ) राख्न्ुपर्ने व्यवस्था छ । तोकिएको समयमा वित्तीय व्यवस्थापन गर्न नसके सो धरौटी जफत हुन्छ ।
यसअघि १८ महिनाभित्र वित्तीय व्यवस्थापन गर्न नसक्ने कैयौा आयोजनाको पीपीए खारेज गरी सकेको छ । कार्यदलले पीपीए सम्पन्न गर्ने चार चरणलाई थप व्यवस्थित गर्ने प्रस्ताव पनि गरेको छ । त्यसका लागि ९९ सय दिन लाग्ने कार्यदलको विश्लेषण छ । दरखास्त अध्ययन, प्राविधिक अध्ययन तथा पुनरावलोकन, कनेक्सन एग्रिमेन्ट, प्रभाव मूल्यांकन र पीपीए सम्झौतामा विभाजन गर्ने प्रस्ताव छ । २५ मेगावाटसम्मका आयोजनाका लागि प्राधिकरणले हिउादमा ८ रुपैयाा ४० पैसा र वर्षामा ४ रुपैयाा ८० पैसाको फ्ल्याट दरमा पीपीए गर्ने गरेको छ ।

प्रतिक्रिया