मित्रलाई गोजुरियो लाइसेन्स

Mitraकाठमाडौं : दक्षिण अफ्रिकाको केपटाउनमा सम्पन्न दोस्रो विश्व गोजुरियो कराते प्रतियोगिताका दौरान विबआर मित्रले जज लाइसेन्स हात पारेका छन् । नेपाल गोजुरियो कराते डो संघका प्रमुख प्रशिक्षक मित्रले विश्व गोजुरियो महासंघको कुमुतेतर्फ रेफ्री तथा कातामा जज् लाइसेन्स हात पारेका हुन् ।
कार्यक्रमकै दौरान भएको विश्व गोजुरियो महासंघको कांग्रेसले न्युजिल्यान्डको अकल्यान्डमा सन् २०१५ को विश्व च्याम्पियनसिप गर्ने निर्णय गरेको छ । विश्व च्याम्पियनसिप आयोजना गर्न न्युजिल्यान्डसहित ब्राजिल, जर्मनी र भारतले पनि दाबेदारी प्रस्तुत गरेको मित्रले जानकारी गराए । नेपाल गोजुरियो कराते संघका संस्थापक अध्यक्ष मित्रा सन् २००५ देखि एसियन गोजुरियो कराते संघका महासचिवसमेत रहेका छन् ।

प्रतिक्रिया