चौथो गैंडा दिवसमा नगद र कदरपत्र

सौराहा, ६ असोज । चितवनको पर्यटकीय नगरी सौराहामा चौथो गैडा दिवसका अवसरमा प्रभातफेरि सम्पन्न गरिएको छ ।
विश्वमै दुर्लभ मानिएको एक सिङ्गे गैडा संरक्षणमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा विभिन्न संघ संस्था र व्यक्तिको सहभागिता रहेको थियो ।
चितवन राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय कसराद्धारा आयोजित कार्यक्रममा गैंडा संरक्षणमा योगदान दिने नेपाली सेनाको नन्दाबक्स गणका सह–सेनानी प्रभात थापा, रणदल गुल्मका सह–सेनानी मनश्याम थापा, नन्दाबक्स गणका जमदार चक्रबहादुर बोहोरा, जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान जनक खडेका र सुनिल भट्टराईलाई नगद तथा प्रशंसा पत्रले सम्मान गरिएको हो ।
चितवन निुकञ्जका गेमस्काउटहरु जनु महतो, लोकराज न्यौपाने, हात्तीसार शाखाका ढकरिया सुनिलकुमार चौधरीलाई पनि सम्मान गरिएको छ ।
निुकञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुंवरद्धारा लिखित गैंडालाई चार वर्ष नामक पुस्तक बिक्रीबाट प्राप्त रकम गैंडाको आक्रमणबाट मृत्यू तथा घाईते परिवारका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
प्रमुख सरक्षण अधिकृत कुंवरले पछिल्लो समय गैंडा संरक्षणका लागि बासस्थान र आहार व्यवस्थापनको काम चुनैतिपूर्ण बन्दै गईरहेको बताए ।

प्रतिक्रिया