नेपाल माचुसिमा क्योकुसिन कराते संघको अध्यक्षमा राजकुमार गुरुङ चार वर्षका लागि निर्विरोध चयन भएका छन् । महाराजगन्जमा शनिबार सम्पन्न संघको प्रथम साधारणसभाले उनको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गर्यो । प्रथम उपाध्यक्षमा नारायण खड्का तथा उपाध्यक्षमा कृष्ण रञ्जितकार र श्याम अधिकारी रहेका छन् । मनोज बुढाथोकीले महासचिव, जयराम अधिकारीले सचिव तथा राजु सुवेदीले कोषाध्यक्षको जिम्मेवारी पाए । नानीबाबु थापा, दिलबहादुर भण्डारी, सोनाम शेर्पा, कञ्चन खरेल, पासाङ लामा, धमान तामाङ, वीरेनकुमार राई र प्रकाश भण्डारी सदस्यमा चुनिए । नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य मनबहादुर न्यौपानेले प्रमाणपत्र प्रदान गरे भने प्रमुख निर्वाचन अधिकृत एवं खेलकुद विकास विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराए । यसअघि साधारणसभाको राखेप सदस्य देवकुमार लामाले उद्घाटन गरेका थिए । साधारणसभामा केन्द्र र विभिन्न २० जिल्लाका ४६ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन अधिकृत ओम न्यौपानेले जनाएका छन् ।
प्रतिक्रिया