चट्याङ लागेर दुईको मृत्यू/एकजना घाईते

chatyangमकवानपुर, ४ असोज । मकवानपुर र गोरखा जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यू भएको छ भने एक जना घाईते भएका छन् ।
चट्याङ लागेर मकवानपुरको हनिमारी–४ की ४५ बर्षीया सीता ढकालको मृत्यू भएको छ । उनलाई बिहीबार बेलुका एक्लेखेत भन्ने स्थानमा चट्याङले लागेको हो ।
चट्याङ लागेरै सीताका १८ बर्षीय छोरा गणेश ढकाल घाइते भएका छन् । उनको हेटौडा अस्पताल उपचार भई रहेको छ ।
उता, गोरखामा पनि चट्याङ लागेर अश्रांग­९ का ४३ बर्षीय रेशमबहादुर भट्टको मृत्यू भएको छ । घरमा बसिरहेका उनलाई बिहीबार बेलुका परेको चट्याङले मृत्यू भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया