काठमाडौं, ४ असोज । प्रेमबहादुर थापा मगर स्मृति दोस्रो राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको पाँचौँ चरणको समाप्तिमा दमकका प्रकाश नेपालले एकल अग्रता कायम गरेका छन् । पाँच चरणसम्म उनले शतप्रतिशत जित हात पारेका छन् ।
१९५२ फिडे रेटेड प्रकाश ( १९५२ ) ले बिहीबार सम्पन्न चौथौँ खेलमा द टाइम्स इन्टरनेसनल कलेजका विवेक थिङ (१९००) लाई समय दबाबमा हराए भने पाँचौँमा ललितपुरका हेराकाजी महर्जन (१८७२) लाई हराए । हेराकाजीसँगको खेलमा १४औँ चालमा एउटा घोडा गुमाएका प्रकासले उत्कृष्ट उत्कृष्ट प्रदर्शन गर्दै २२औँ चालमा बाजी मारे ।
त्यस्तै, दमक बहुमुखी क्याम्पसका राजनका सुवेदी (१९४७ ) ४ दशमलव ५ अंकका साथ दोस्रो स्थानमा रहेका छन् । राजनले चौथौँ खेलमा हेराकाजीसित बराबरी गरे भने पाँचौँमा रौतहटका पुरुषोत्तम चौलागाईंलाई हराए ।
त्यसैगरी, विवेक, धनकुटाका सुमन श्रेष्ठ र मकवानपुरका बलराम सन्जेलको समान समान चार अंक छ । हेराकाजी, पुरुषोत्तम, सप्तरीका नवीनकुमार चौधरी र चेस बचतकोष भक्तपुरका विकास कुलुजुको ३.५ अंक छ ।
मकवानपुर जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगितामा साविक विजेता धरमबहादुर लामा, काभ्रेका राहुल चौ प्रधान, ताप्लेजुङका भवानी लिम्बु, महोत्तरीका शोभालाल चौधरी, सप्तरीका मनोज विक, काठमाडौंका अनुप पोख्रेल र सुरज पण्डित, मकवानपुरका दिनेश श्रेष्ठ र सुन्दर कार्की तथा बाराका रमेश चौधरीको ३/३ अंक रहेको छ ।
प्रतिक्रिया