ड्याफोडिल र सरस्वती क्वाटरफाइनलमा

काठमाडौं : ड्याफोडिल र सरस्वती तेस्रो द एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा बिहीबार क्वाटरफाइनल प्रवेश गरेका छन् । स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा ड्याफोडिलले रिब्सलाई ६२–४३ ले पराजित गर्‍यो ।
विजेताका अमिन तामाङले २४ अंक जोडे । सरस्वतीले न्यु लिरालाई ४५–२० ले हराउँदै समूह ‘सी’को विजेता बन्यो । सरस्वतीका जगदीश कार्कीले १४ स्कोर गरे । सो समूहबाट अरुणोदय विजेता बन्दै यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया