विद्यार्थीद्वारा निगमका कर्मचारीलाई कार्यालय प्रवेश रोक

Dharna-Studentकाठमाडौं, ४ असोज । पेट्रोलियमपदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी संगठनहरू बिहीबार नेपाल आयल निगमका कर्मचारीलाई प्रवेशमा रोक लगाएका छन् ।

संगठनहरूले बिहान ९ देखि ११ बजेसम्म निगमको कार्यालय घेराउ गरी कर्मचारीलाई प्रवेशमा रोक लगाएका हुन् । प्रवेशमा रोक लगाएका कारण कर्मचारीहरू कार्यालयमा जान सकेका थिएनन् । नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले मूल्यवृद्धि फिर्ता लिने माग गर्दै कर्मचारीलाई दुई घन्टा कार्यालय जान रोक लगाएको जानकारी गराए । उनले सरकारले मूल्यवृद्धि फिर्ता नलिए थप आन्दोलनका कार्याक्रम सार्वजनिक गरिने बताए ।
सरकारले मूल्य वृद्धि फिर्ता नलिएपछि विद्यार्थीहरूले विभिन्न किसिमका आन्दोलन गर्दै आइरहेका छन् । आन्दोलन स्वरूप तीन दिनसम्म पेट्रोलियम पदार्थको बिक्री वितरणमा रोक लगाउँदै पेट्रोलपम्प बन्द गराएका थिए । शुक्रबार विद्यार्थी संगठन र निगमबीच मूल्यवृद्धिका सम्बन्धमा वार्ता हुने भएको छ ।

प्रतिक्रिया